जिल्लाभरको शैक्षिक सामाग्री प्रदर्शनीमा महेन्द्र आदर्श नमुना मा वि प्रथम

मुसिकोट गुल्मी । व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्दि परियोजना दोश्रोको गुणस्तर अभिवृद्दि योजना अनुसार गुल्मी जिल्लाका मा बि स्तरिय शैक्षिक सामग्री प्रतियोगितामा महेन्द्र आदर्श नमुना मा बि वामीटक्सार प्रथम भएको छ।

शुक्रवार ज्ञानोदय नमुना मा बि चन्द्रकोट ८ मजुवा गुल्मीमा आयोजित कार्यक्रममा जिल्लाभरका १८ विद्यालय सहभागि भएका ज्ञानोदय मा बि का प्रधानाध्यापक लक्ष्मिप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

सहभागि विद्यालयका विद्यार्थीहरुले सिर्जनशिल नव प्रवर्तनात्मक र रचनात्मक शैक्षिक सामाग्री निर्माण गरि व्यस्थापन तथा आफै विश्लेषण समेत गरेका थिए ।

प्रत्येक समुहमा ४ जनाका दरले विद्यार्थीहरु सहभागि भएका थिए । जसमा महेन्द्र आदर्श नमुना मा बि मुसिकोट ७ वामी गुल्मीले प्रथम हुदै नगद पन्ध्र हजार र प्रमाणपत्र हात पारेको छ । त्यस्तै सराङ मा बि द्वितिय हुदै बाह्र हजार र प्रमाणपत्र र तृतीय हुदै आयोजक विद्यालय ज्ञानोदय नमुना माबि# ले दश हजार र प्रमाणपत्र प्राप्त गरेका शिक्षक भुगोल सापकोटाले बताउनुभयो ।

सोहि अवसरमा आयोजित गाउपालिका स्तरिय हाजिरिजवाफ प्रतियोगितामा चक्रेश्वर इङ्ग्लिश बोर्डिङ्ग स्कुल प्रथम, पोलारिस इङ्ग्लिश बोर्डिङ्ग स्कुल द्वितिय र आयोजक ज्ञानोदय नमुना मा बि तृतीय भएका छन ।

जिल्लाभरका सहभागी विद्यालयमध्ये आफ्नो विद्यालयका विद्यार्थीले उत्कृष्टता प्रदशनि गरि प्रथम हुदै विद्यालयको गरिमा बढाउने विद्यार्थी तथा समन्वय गर्ने शिक्षकप्रति उच्च सम्मान रहेको प्रधानाध्यापक देविराम शर्माले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय