गुल्मी मुसिकोट नगरपालिका वडा नम्बर ७ वामी सेरा स्थित श्री जनज्योति प्राथमिक विद्यालयमा लामो समयसम्म अध्यापन गरेर वैदेशिक रोजगारिको लागि जापान पुगेर जन्मथलो गुल्मी मुसिकोट फर्कनुभएकि कल्पना खरालले विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्नुभएको छ ।
झण्डै १४/१५ वर्षसम्म अध्यापन गरेर ४/५ वर्षको जापान बसाइबाट फर्कनुभएकि विद्यालयकि पुर्व शिक्षक कल्पना खराल र उहाका पति हरिलाल खराल बुधबार विद्यालयमै पुगेर विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।
आफुले अध्यापन गरेको विद्यालय, शिक्षक स्टाफ, विद्यार्थीहरुको मायाले गरिएको सानो सहयोग भएपनि विद्यार्थीमा हौसला बढोस भन्ने उद्धेश्यले सो कार्य गरिएको खरालले बताउनुभयो ।
विद्यालयमा अध्ययनरत ८६ जना विद्यार्थीलाइ शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा खराल दम्पतिसङ्गै विद्यालयका प्रधानाध्यापक सुमित्रा भण्डारी, शिक्षक विष्णु प्रसाद आचार्य, सरस्वति चालिसे, सङ्गिता खराल, दुर्गा खराल, पवित्रा सापकोटा, गोमा खराल लगायत रहनुभएको थियो ।

विदेशमा रहदापनि आफ्नो गाउठाउ, विद्यालय, विद्यार्थीहरुलाइ गरेको सम्झना र मायाले गरिएको शैक्षिक सामग्री वितरणपश्चात विद्यालयका शिक्षक स्टाफले सहयोगि दुबैजनालाइ अबिर लगाएर धन्यवाद सहित उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।