काठमाडौँ. हिजोको तुलनामा आज सेयर कारोबार रकम आधा घटेको छ। हिजो २ अर्ब १० करोड रुपैयाँको कारोबार भएकोमा आज १ अर्ब ५ करोडमा खुम्चिएको छ।
नेप्से परिसूचक पनि २.५ अंक घटेर १९५६ मा कायम भएको छ। ५८ कम्पनीको मूल्य बढ्दा ११४ को घट्यो भने १२ को स्थिर रह्यो। बैंकिङ ३, विकास बैंक ७, होटल ३, जलविद्युत् १२, उत्पादन ३६, माइक्रोफाइनान्स २७ अंक घटे। निर्जीवन बीमा २३, अन्य १४, फाइनान्स ४ र जीवन बीमा उपसमूह ९३ अंक बढे।

लाइफ इन्स्योरेन्स कर्पोरेसन र गुराँस लघुवित्तको मूल्य ४ प्रतिशत बढ्यो। कालिका लघुवित्तको ५.७ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सिटिजन्स बैंक, जल्पा लघुवित्त, रिडी पावर र पुनर्बीमा कम्पनी अग्रस्थानमा रहे।
यो पनि पढ्नुहोस् – काठमाडौँ. आज नेपालमा थप १२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार १५० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १० तथा एन्टिजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप १५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६६ हजार १६ जनाले कोरोनाभाइरस विरुद्धको खोप पनि लगाएका छन् ।