आठौ मालिका पुर्णिमा मेलाको आज अन्तिम दिन

आठौ मालिका पुर्णिमा मेला २०७९, खुल्ला अन्तर पालिका वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता एवम विविध सास्कृतिक कार्यक्रमको आज समापन हुदै छ।

मुसिकोट ६ स्थित कुर्घाको मालिका मन्दिर परिसरमा भैरहेको कुर्घा मालिका जाऔ मालिका माताको दर्शन गरि पुण्य कमाऔ भन्ने नाराका साथ बुधबारबाट कार्यक्रम सुरु भएको हो । कार्यक्रमको आज समापन हुने आयोजकले जनाएको छ ।

कुर्घाको शान मालिकाको पहिचान भन्ने उद्देश्यकासाथ सुरु गरिएको मेलामा विविध सास्कृतिक कार्यक्रममा आज फाइनल भलिबल तथा राष्ट्रीय कलाकारको प्रस्तुति रहने मालिका पुर्णिमा मेला मुल समारोह समितिले जनाएको छ ।

आज कलाकारहरु रेसम निर्दोश, सुमन थापामगर, ओम सेन्चुरि र धनमाया राना लगायतको प्रस्तुति रहने छ साथमा स्थानिय झाकि, पन्चेबाजा, भजन ,कौडा नाच आदि प्रस्तुति रहनेछन ।

भलिबल अन्तरगतका खेलहरु शुक्रबारबाट सुरु भएका र अहिलेसम्म भलिबलका अन्य खेलहरु सम्पन्न भएका छन्।दोश्रो सेमिफाइनल खेल अन्तरगत रुस्ति युवा क्लव गल्कोट र सिर्जनशिल युवा क्लव गुन्धारा भिड्दैछन। उक्त खेलमा जीत निकाल्ने टीम फाइनल प्रवेश गर्नेछ ।

कार्यक्रमको प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेल रहने र मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष झबिराम शर्मा, नगर भित्रका वडाध्यक्षहरु, शिक्षक, पत्रकारहरु, समाजसेवि , कार्यक्रमका सम्योजक प्रेम बहादुर रायमाझि लगायतको उपस्थिति रहने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय