क्षेत्रको बिकास गर्न र प्रतिगामीलाई सवक सिकाउन आफूहरुलाई बिजयी बनाउन गुल्मी जिल्ला निर्वाचन क्षेत्र नं. २ का उम्मेद्वारहरुको आह्वान

काठमाडौं । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेससभा सदस्य पदका लागि हुन गईरहेको निर्वाचनमा बाम लोकतान्त्रिक गठवन्धनको तर्फबाट गुल्मी जिल्ला निर्वाचन क्षेत्र नं. २ का उम्मेद्वारहरुले आफूहरुले निर्वाचन जितेमा यस क्षत्रको विकास र समृद्धिका लागि साझा अभियान बनाएर लाग्ने प्रतिवद्धता जनाएका छन् ।

राजधानीमा आयोजना गरिएको उम्मेद्वार परिचय तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनिहरुले यस क्षेत्रको बिकासका अलवा प्रतिगामी शक्तिहरुलाई पराष्त गर्नका लागि पनि आफूहरुलाई जिताउन आवस्यक भएको औंल्याउँदै मतदानका लागि आह्वान गरेका थिए ।
बिगतउम्मेदवार यस क्षेत्रबाट निर्वाचित भएर गएका जनप्रतिधिहरुले प्रतिबद्धताहनुसारका कुनैपनि काम नगरेको कारण गुल्मी जिल्लाको यस क्षेत्र बिकासमा पछि परेको उनिहरुको साझा आरोप थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका लागि सो क्षेत्रकी उम्मेद्वार तथा नेकपा एकिकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीले संविधान र संघिय लोकतान्त्रिक गणतान्त्रिक ब्यवस्थाको रक्षाको लागि वर्तमान गठवन्धनका बनेको उल्लेख गर्दै संविधान र ब्यवस्थाको रक्षाका लागि पनि गठवन्धनका उम्मेद्वारहरुले जित्न आवस्यक भएको बताईन् ।

नेपाली कांग्रेसका नेता त्रलोक्य प्रताप सेनले नेकपा एमाले प्रतिगामी शक्ति भएको कुरा संविधानको ब्यवस्था बिपरित दुई पटक संसद बिघठनको सिफारिस र अन्य संविधान बिरोधी गतिविधिले मात्र नभई अहिले प्रतिगामी शक्तिहरुसंग चुनावी गठवन्धन गरेकाले पनि पुष्टी हुने भन्दै गठवन्धनका उम्मेदवारहरुलाई जिताउन आह्वान गरे ।

कार्यक्रमका अर्का वक्ता सो क्षेत्रको प्रदेशसभा “क” का उम्मेद्वार तथा नेपाली कांग्रेस लुम्विनीका उपसभापति भुवन प्रसाद श्रेष्ठले संविधान र ब्यवस्थाको रक्षागर्दै देशलाई बिकास र संवृद्धि तर्फ लैजनाका लागि गठवन्धनका उम्मेदवारहरुलाई बिजयी बनाउन आह्वान गरे ।

यसैगरी सो क्षेत्रको प्रदेशसभा “ख” का उम्मेदवार तथा नेकपा एकिकृत माओवादी केन्द्रका नेता बुद्धिबहादुर घर्तीले राष्ट्रिय आवस्यकता र जिल्ला तथा क्षेत्रको बिकासका लागि गठवन्धनका उम्मेदवारहरुलाई जिताउन आवस्यक भएको औंल्याउँदै मतदानका लागि आह्वान गरे ।

कार्यक्रम नेपाली कांग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिका उपाध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा भएको थियो । कार्यत्रममा काठमाडौंमा रहेका गठबन्धन सम्वद्ध दलका नेता तथा कार्यक्रता र बिभिन्न पेशामा रहेका सुभेच्छुकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय