गुल्मी । शाइन रेसुङ्गा विकाश बैंक वामीटक्सार शाखाले शनिबार वृक्षारोपण गरेको छ ।
वामीटक्सार आसपासका रुद्रावती बहुमुखी क्याम्पस, कृष्णहरि रुद्रावती सापकोटा आंखा अस्पताल, गोल्डेन फ्युचर एकेडेमी, स्मार्ट पार्क र महेन्द्र आदर्श नमुना मा वि का परिसर तथा प्राङ्गण वरिपरि वृक्षारोपण गरेको बैंकका शाखा प्रबन्धक सजना शाक्यले जानकारी दिनुभयो ।
वृक्षारोपण कार्यक्रममा विरुवा रोपिएका सस्थमा सम्बन्धित सस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति साथै सहयोग समेत उपलब्ध भएको थियो ।
बैंकको १४ औ वार्षिकोत्सवको अवसरमा शाइन रेसुङ्गा ग्रो ग्रीन प्रोजेक्ट अन्तरगत देशभरका ८४ शाखा र एक विस्तारित शाखा कार्यालयमार्फत चौध हजार विरुवा रोप्ने कार्यक्रम मार्फत वामीटक्सार शाखाले शनिबार २०० विरुवा रोपेको बैंकका रिलेशनसिप म्यानेजर सुर्य खनालले बताउनुभयो ।
अभियान अन्तरगत धुपी, कल्की, पारीजात, अ्मला, अम्बा लगायतका विरुवा रोपेको बताइएको छ ।
पछिल्लो समय अत्यधिक वनफडानीको समस्या बढेकोले आम नागरिकलाइ वृक्षारोपण गर्नुपर्ने कारण र महत्व बुझाउनको लागि पनि उक्त कार्यक्रम मार्फत सन्देश प्रवाह गरिएको बताइएको छ ।