अब हजुरलाई सजिलै पर्ने छ आइपीओ. कसरि ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैदेशिक रोजगारीमा जाने नेपालीलाई आईपीओमा कोटा छुट्याउने भएको छ । बोर्डले धितोपत्र निष्कासन तथा बाँटफाँड (छैठौं संशोधन) निर्देशिका, २०७९ लागू गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

निर्देशिका लागू भएसँगै अबदेखि आइपीओ जारी गर्ने कम्पनीले १० प्रतिशत सेयर श्रम स्वीकृति लिएर वैदशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याउनु पर्नेछ ।

निर्देशिका अनुसार बिक्री प्रबन्धकले सर्वसाधारणहरुका लागि आइपीओ निष्कासन गर्नु अगावै १५ दिनको अवधि तोकेर आह्वानपत्र प्रकाशित गर्नुपर्नेछ ।

विदेशमा काम गर्ने नेपालीहरुले आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थामा रहेको रेमिट्यान्स खातामार्फत आइपीओको रकम भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय