मुसिकोट । आठौ मालिका पुर्णिमा मेला २०७९, खुल्ला अन्तर पालिका वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता एवम विविध सास्कृतिक कार्यक्रम सुरु भएको छ ।
मुसिकोट ६ स्थित कुर्घाको मालिका मन्दिर परिसरमा भैरहेको कुर्घा मालिका जाऔ मालिका माताको दर्शन गरि पुण्य कमाऔ भन्ने नाराका साथ बुधबारबाट कार्यक्रम सुरु भएको हो । कार्यक्रम २१ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
कुर्घाको शान मालिकाको पहिचान भन्ने उद्देश्यकासाथ सुरु गरिएको मेलामा विविध सास्कृतिक कार्यक्रम खुल्ला भलिबल तथा राष्ट्रीय कलाकारको प्रस्तुति रहने मालिका पुर्णिमा मेला मुल समारोह समितिले जनाएको छ ।
भलिबल अन्तरगतका खेलहरु शुक्रबारबाट सुरु भएका र अहिलेसम्म भलिबलका ३ वटा खेलहरु सम्पन्न भएका छन । शनिबार बिहानैदेखि खेल सुरु हुने कुर्घा नि मा वि का शिक्षक आदित्य चालिसेले बताउनुभएको छ ।
भलिवलको प्रथम पुरस्कार ५७ हजार, कप मेडल र प्रमाणपत्र त्यस्तै द्वितिय पुरस्कार ३७ हजार कप मेडल र प्रमाणपत्र रहेको छ ।
मेलामा कलाकारहरु रेशम निर्दोश, सुमन थापामगर, ओम सेन्चुरी, धनमाया राना लगायतको प्रस्तुति रहने हुकुम थापाले जानकारि दिनुभयो ।
कार्यक्रमको प्रमुख अतिथि मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष झबिराम शर्माको रहेको थियो, कार्यक्रमका सम्योजक प्रेम बहादुर रायमाझिको सभापतित्व र सन्चालन समाजसेवि दीपक थापाले गर्नुभएको थियो ।