स्थायी शिक्षकको विज्ञापन खोल्ने बारे आयोगले गर्यो यस्तो निर्णय

शिक्षक सेवा आयोगले स्थायी शिक्षकका लागि तत्काल विज्ञापन गर्न नसकिने जनाएको छ । आयोगमा अध्यक्ष र दुईजना सदस्य गरी तीन सदस्यीय पदाधिकारी रिक्त रहेकाले तत्काल स्थायी शिक्षकका लागि विज्ञापन गर्न नसकिने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले अनलाइन दैनिकलाई जानकारी दिए ।

‘आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्ति नभएसम्म प्रशासनिक काम गर्न गाह्रो हुने रहेछ । अब अध्यक्षसहितका रिक्त रहेका पदाधिकारीको नियुक्ति भएपछि मात्रै प्रशासनिक कामहरु अगाडी बढ्छन्’, सूचना अधिकारी मरहठ्ठाले अनलाइन दैनिकसँग भने, ‘अब देशभरको रिक्त रहेको दरवन्दी विवरण हामी कहाँ आएको छैन्, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठाउनु पर्ने हो, त्यो हामी कहाँ पठाइ दिनु पर्यो भनेर हामीले अनुरोध गरेका छौ । त्यो विवरण आएपछि मात्रै विज्ञापन गर्ने कुरा अगाडी बढछ होला ।’

सूचना अधिकारी मरहठ्ठाले शिक्षा ऐनमा संशोधन भएको भन्दै शैक्षिक योग्यता र पाठ्यक्रमका बारेमा केहि अन्यौलता रहेकाले तत्काल स्थायी शिक्षकको विज्ञापन पनि नहुने संकेत गरे । उनले आयोगमा रिक्त रहेका तीन सदस्यीय पदाधिकारी नियुक्त भएर आएपछि मात्रै शिक्षकको विज्ञापन गर्ने विषयबारे निर्णयमा पुग्न सकिने समेत बताए ।

‘शिक्षा ऐनमा संशोधन भएको छ । हाम्रो विद्यालय शिक्षालाई आधारभूत र माध्यामिक भन्छ । यसले गर्दा हामीले अब माध्यामिक, निम्नमाध्यामिक र प्राथमिक तहको विज्ञापन गर्ने कि नगर्ने ? भन्ने बारेमा पनि जटिता देखिएको छ । यो आधारभूत र माध्यामिक तह भन्छन्, अब आधारभूत तह १-५लाई भन्ने की १-८ लाई भन्ने ? त्यो विषय पनि अलि प्रष्ट भएको छैन् । अनि शैक्षिक योग्यता के हुने ? ति पाटाहरु पनि छन्’, उनले भने, ‘अब माध्यामिक तह भनेपछि कक्षा १२ सम्म भयो । अनि कुन विषयको लागि कुन शैक्षिक योग्यता भन्नेमा पनि अलिकति प्रष्ट भएको छैन् । फेरी कक्षा ११ मा पाठ्यक्रम पनि परिवर्तन भएको छ । यस्ता यवात कुराहरुमा अलि प्रष्ट भएको छैन् । भोलिका दिनमा आयोगमा पदाधिकारी नियुक्त भएर आएपछि यो विषयलाई पनि अलि प्रष्ट पार्ने काम होला । त्यसपछि मात्रै स्थायी शिक्षकको विज्ञापनका बारेमा निर्णय होला ।’

यो वर्षभित्रै स्थायी शिक्षकका लागि विज्ञापन खुल्ने सम्भावना छ ? भन्ने अलाइन दैनिकको प्रश्नमा आयोगका सूचना अधिकारी मरहठ्ठाले फेरी भने, ‘मैले अहिले नै अनुमान गरेर भन्न त सक्दैन् म के कुरामा ढुक्क छु भने, अध्यापन अनुमतिपत्र(लाइसेन्स)को विज्ञापन चाहि खुल्छ होला ।’

साथै सूचना अधिकारी मरहठ्ठाले स्थायी शिक्षकको विज्ञापन भन्दा पहिला आन्तरिक प्रतियोगितात्म र कार्यसम्पादन मूल्याङ्कनको विज्ञापन खुल्ने बताए । ‘शिक्षा तथा मानवस्रोत विकाश केन्द्रबाट विवरण आएपछि र आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्ति भएपछि आन्तरिक प्रतियोगितात्म र कार्यसम्पादन मूल्याङ्कनको विज्ञापन खुल्छ होला’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय