सडकबत्तिको माग गर्दै वडा कार्यालयमा स्थानियको निवेदन

गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ५ आपचौर वडा कार्यालयमा सडक बत्तिको माग गर्दै स्थानिय युवाले निवेदन दर्ता गराएका छन ।

वडावासी सम्पुर्ण युवाहरुको प्रतिनिधित्व गर्दै युवा समाजसेवी कृष्णप्रसाद खरेलले आपचौर वडा कार्यालयमा निवेदन दर्ता गराएका हुन । खरेलले वडाका विभिन्न ठाउमा रातको समयमा हिडडुल गर्न र अत्यावश्यक कामको लागि सडकमा बत्ति अपरिहार्य रहेको निवेदनमा उल्लेख गरेका छन ।

उनले सडकबत्ति नहुदा चोरीडकैती हुने, त्रास हुने र नगरपालिकाबाट पाउने अत्यावश्यक सेवा समेत पाउन मुश्किल भएको भन्दै यथाशिघ्र बत्तिको व्यवस्था गर्न अनुरोध सङ्गै माग गरेका हुन ।

खरेलले पालिचौर, बरारुख, सिमपोखरा, पिपलारुख, कोलाचौर हुदै पधेरा र बरारुख राम्चेढुङ्गा हुदै पिपलारुखसम्म पहिलो चरणमा सडक बत्ति जडान गरि वडावासीको मर्म अनुसार काम गर्न पनि वडालाइ अनुरोध गरिएको उक्त निवेदनमार्फत जानकारी गराइएको बताए ।

बिरामी, सुत्केरी तथा अत्यावश्यक कामकाजको लागि हिडडुलको काम गर्नु परेमा अहिले निकै असहज भएको र उक्त काम सम्पन्न भएपछि वडावासीले स्थानिय सरकारको महशुस गर्ने पनि खरेलको तर्क एवम विश्वास रहेको दाबि गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय