समाजसेवि टिकाराम काफ्लेद्वारा श्रीमतीको सम्झनामा मन्दिरलाई एकाउन्न हजार एक सय एकाउन्न सहयोग

मुसिकोट । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ काफलटोला निवासी समाजसेवि टिकाराम काफ्लेले स्वर्गीय धर्मपत्नी बिजुलादेवि काफ्लेको स्मृतिमा मुसिकोट ७ मा रहेको श्रीराम मन्दिरलाई अक्षयकोष निर्माण स्वरुप नगद एकाउन्न हजार एक सय एकाउन्न प्रदान गर्नुभएको छ ।

समाजसेवि काफ्लेले स्वर्गिय भक्तिराम काफ्लेकि बुहारी, रामु/कमला, कृष्णा/ लक्ष्मी, धनिस्वर/ बिनाकि आमा तथा उहाकी धर्मपत्नी बिजुलादेविको बार्षिक पुन्य तिथिको अबसर पारि आफ्नो जन्मगाँउ काफलटोलामा रहेको श्रीराम मन्दिरको पुजा सञ्चालनका निम्ति अक्षयकोष निर्माण स्वरुप नगद रु एकाउन्न हजार एक सय एकाउन्न मन्दिरको पुजा ब्यबस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको हो।

समाजसेवि काफ्लेले श्रीराम मन्दिरलाई स्थापनाकाल देखि नै पटक पटक सहयोग गर्दे आउनू भएको र मन्दिर प्रवेशद्वारको गेट निर्माण समेत गर्नुभएको मन्दिर सञ्चालक समितिका सह-सचिव लोकनाथ काफ्लेले बताउनुभयो ।

नगद सहयोग ग्रहण गर्दै पुजा ब्यबस्थापन समितिका अध्यक्ष नारायण काफ्लेले समाजसेबि टिकाराम काफ्लेलाई धन्यबाद ब्यक्त गर्दै उहाँको सम्पुर्ण परिवारको शु-स्वस्थ्य, दीर्घायु र सफलताको शुभकामना ब्यक्त गर्नूभएको थियो । अध्यक्ष काफ्लेले यसै गरि पुजा सञ्चालनका निम्ति सहयोग अन्यत्रबाट पनि आईरहेको बताउनूभयो ।

समाजसेवि काफ्लेले यस अघि रेडक्रसको भवन निर्माणका लागि जग्गा प्रदान र दर्जनौ सामाजिक कार्यमा आर्थिक सहयोग गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय