अक्षयकोष निर्माणका लागि बिधालयलाई नगद हस्तान्तरण ।।

गुल्मी । पशुपति निम्नमाध्यमिक बिधालय मुसिकोट नगरपालिका ४ दजाकोट गुल्मिमा अक्षयकोष निर्माणका लागि नगद रकम बिधालयलाई हस्तान्तरण गरिएको छ।

मुसिकोट नगरपालिका ४ दजाकोट निवासी स्व.बुवा टेक बहादुर छन्तेल र स्व.आमा पूर्णकला छन्तेलको पुण्य स्मृतिमा उहाँको छोरा बोम बहादुर छ्न्तेलले बिधालयमै पुगेर अक्षयकोष निर्माणका लागि नगद रु पच्चीस हजार बिधालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिलाई हस्तान्तरण गर्नुभएको हो।

बोम बहादुर छन्तेल स्थानिय समाजसेवी हुनुका साथै मुसिकोट नगरपालिका ३ गुल्मिको पृथ्वी माध्यमिक बिद्यालयमा बिगत लामो समयदेखि अध्यापन कार्यमा क्रियाशिल हुनुहुन्छ।उहाँ गत केही महिना अगाडी मात्र मुसिकोट नगरपालिका गुल्मिको उत्कृष्ट शिक्षकको रुपमा पाल्पाबाट सम्मानित हुनुभएको थियो।

नगद रकम हस्तान्तरण पश्चातको छलफलमा बोल्दै छन्तेलले अक्षयकोष स्थापनामा प्रयोग हुने रकम बाबू आमाकै अथक प्रयासमा आर्जित भएको र त्यो रकम उहाँकै स्मृतिमा प्रयोग गर्ने चाहना अनुसार रकम हस्तान्तरण गर्न आफू स्वयं उपस्थित भएको बताउनुभएको थियो।

अक्षयकोषको ब्याजबाट बिधालयमा नियमित उपस्थित भएर पनि प्रतिस्पर्धामा पछि परेका बिद्यार्थीलाई हौसला प्रदानको लागि बितरण गर्न सुझाव दिदै अक्षयकोषका संस्थापक छ्न्तेलले बिधालय ब्यबस्थापन समिति ,शिक्षक अभिभावक संघ र बिधालयले फरक धारणा अगाडि सारेमा त्यो पनि स्वीकार गर्ने स्पष्ट पार्नुभयो।

अक्षयकोष निर्माण सङ्गै बिधालयको भौतिक ब्यबस्थापनको लागि आफ्नै पहलमा केही परियोजना उपलब्ध हुने आश्वासन समेत छ्न्तेलले जनाउनुभयो। बिधालय का प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिले बिधालयमा उपस्थित भएर अक्षयकोष निर्माण सङ्गै भौतिक सहयोगको खवरले आफुलाई निकै उत्साहित महसुस भएको भन्दै सहयोगी छन्तेल परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो।समितिको निर्णयमा अक्षयकोषको बारेमा थप निर्णय गरिने उहाले स्पष्ट पार्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय