लगानि कार्ताहरुका लागि आयो अर्को ठुलो खुसिको खबर

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ अध्यक्ष आएसँगै पेन्टिङमा रहेका आइपीओहरु धममधम अनुमति पाइरहेका छन् साथै अझै पाइपलाइनमा ३५ वटा कम्पनीका आईपीओ रहेका छन्।

यी कम्पनीले ८ अर्ब ७९ करोड १२ लाख २० लाख ७५० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न सेबोनसँग अनुमति मागेका छन्। सेबोनले अनुमति दिएमा यी कम्पनीले कुल ६ करोड ५४ लाख ८ हजार ५२३ कित्ता आईपीओ बिक्री गर्नेछन्।

आईपीओ निष्कासनका लागि २० वटा जलविद्युत समूहका कम्पनी, ४ वटा उत्पादन तथा प्रशोधन समूहका कम्पनी, ४ वटा अन्य समूहका कम्पनी, लघुवित्त समूहका २ वटा कम्पनी, २ वटा बीमा समूहका कम्पनी, होटेल तथा पर्यटन, लगानी र अन्य समूहका कम्पनी १–१ वटा छन्।

यीमध्ये सर्वोत्तम सिमेन्ट र रिलायन्स सिमेन्ट बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने अनुमति मागेका छन्। – आर्थिक संदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय