खड्गदेवि युवा क्लव मुसिकोटद्वारा खुल्ला भलिवल तथा विविध सास्कृतिक कार्यक्रम सम्पन्न

मुसिकोट । खड्गदेवि युवा क्लव मुसिकोट २ रातचौर गुल्मीको आयोजनामा खुल्ला भलिवल तथा विविध सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबारबाट अनौपचारिक रुपमा सुरु भएको कार्यक्रम आइतवार औपचारिक रुपमा उद्घाटन गरि भलिबल फइनल, खुल्ला रेकर्ड डान्स, भाले छोपाइ, घैटोफोर लगायत ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुतिमा समापन भएको छ ।

खड्गदेवि युवा क्लव मुसिकोटका अध्यक्ष तथा मुसिकोट नगरपालिका वडा नम्बर दुईका वडाध्यक्ष रबिन्द्र केसीको अध्यक्षता रहेको उक्त कार्यक्रममा समाजसेवि जनक बहादुर खत्री प्रमुख अतिथि रहनु भएको थियो।

त्यस्तै कार्यक्रममा विशेष अतिथीको रुपमा मुसिकोट नगरपालिका कार्यपालिका सदस्य सागर नेपाली, नबखबर डट कमका प्रधान सम्पादक विष्णु प्रसाद आचार्य, रेडियो पुष्पाञ्जलिका समाचार प्रमुख सागर भण्डारी, तुफान परिकल्पना युवा क्लवका अध्यक्ष महेन्द्र घिमिरे, क्लवका सचिव रोशन सिंह ठकुरी, गङ्गा प्राबिका प्रधानाध्यापक कौरव खत्री, जिटिभि नेपालका व्यवस्थापक दीपक नेपाली, कलाकार गोबिन्द बिसी, कलाकार देवेन्द्र परियारको लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा भलिबल खेल तर्फ १५ समुह सहभागि भएका थिए जस मध्य आयोजक खड्गदेवि युवा क्लव प्रथम हुदै प्रथम नगद पुरस्कार पच्चिस हजार र प्रमाणपत्र र मनेवा पाटा भलिबल समुहले द्वितीय हुदै द्वितीय पुरस्कार नगद पन्ध्र हजार र प्रमाणपत्र हात पार्न सफल भएका छन् ।
त्यस्तै रेकर्ड डान्समा १२ समुह सहभागी भएका थिए जस मध्ये प्रिति बस्नेत प्रथम, खड्गदेवि युवा क्लव द्वितीय र प्रियङ्का परियार तृतीय भएका छन् , भने भाले छोपाइमा मुसिकोट नगरपालिका वडा नम्बर २ का निशान खत्री उत्कृष्ट भएका थिए ।

कुर्सी दौड महिला तर्फ मुसिकोट २ कि जीना शाही ठकुरी प्रथम, मुसिकोट २ कै समिक्षा सारु द्वितीय र प्रियङ्का परियार तृतीय हुनुभयो भने घैटो फोर खेल तर्फ मुसिकोट २ बाट मनिश खत्री उत्कृष्ट हुनु भएको थियो । कार्यक्रममा  कलाकार गोबिन्द बिसी र देवेन्द्र परियारको प्रस्तुति समेत रहेको थियो ।

गङ्गा प्राबिको प्राङगणमा सम्पन्न भएको उक्त कार्यक्रममा क्लवकि सचिव माया के सीको स्वागत मन्तब्य र क्लवका उपाध्यक्ष राम प्रसाद आचार्य सञ्चालन रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय