आगामी निर्वाचनले जनताको भाग्य र भविष्यको फैसला गर्ने छ : नेता श्रेष्ठ

गुल्मी । बाम लोकतान्त्रिक गठबन्धन बाट गुल्मी २ प्रदेश `क´ मा साझा उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका नेता भुवन प्रसाद श्रेष्ठले आउने निर्वाचनले जनताको भाग्य र भविष्यको फैसला गर्ने बताएका छन ।

आज इस्मा गाउँपालिका ३ दर्लामचौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । आगामी मङ्सिर ४ गते हुने निर्वाचन अन्य समयमा भएका निर्वाचन जस्तो नभएको बताउदै यस ऎतिहासिक निर्वाचन अग्रगमन र प्रतिगमनको लडाइँ भएको दावी गर्दै यस निर्वाचनले जनताको भाग्य र भविष्यको फैसला गर्ने बताए । उनले भने यस “ निर्वाचन सत्तामा पुग्ने भर्याङ मात्रै नभई देश र संविधान जोगाउने निर्वाचन भएका कारण जनताले पटक पटक सोचेर मतदान गर्नुपर्छ ” ।

त्यस्तै विकास निर्माणको सन्दर्भमा एउटै व्याक्तिले २५ वर्ष सम्म शाशन गर्ने ,हारे पनि जिते पनि मन्त्री हुने तर गाउँमा विकास नगर्ने परिपाटीको विकास भएको उनले आरोप लगाए साथै नेता श्रेष्ठले २५ वर्षको अबधिमा इस्माले केके पायो के कति विकास भयो भनेर प्रश्न समेत गरेका छन् ?

साथै जनताले एक पटक मतदान गरेर जिताउन अपिल गर्दै उनले जनताको चाहना अनुसार काम गर्न नसके अर्को पटक मत माग्न नआउने ठकुवा समेत श्रेष्ठले गरे ।- Gulmi Update

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय