खड्गदेवि युवा क्लव मुसिकोटद्वारा खुल्ला भलिवल तथा विविध सास्कृतिक कार्यक्रम आयोजना

मुसिकोट । खड्गदेवि युवा क्लव मुसिकोट 2 मुसिकोट रातचौर गुल्मीले खुल्ला भलिवल तथा विविध सास्कृतिक कार्यक्रम आयोजना गरेको छ।

शुक्रबारबाट अनौपचारिक रुपमा सुरु भएको कार्यक्रम आइतवार औपचारिक रुपमा उद्घाटन गरि विभिन्न कार्यक्रमका साथ समापन गरिने आयोजकले बताएको छ । क्लवले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि आफ्नो जन्मोत्सवको अवसरमा कार्यक्रम गरेको हो ।

जसमा खुल्ला भलिवल, खुल्ला रेकर्ड डान्स, भाले छोपाइ, घैटोफोर लगायत ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुति रहने क्लवका अध्यक्ष रबिन्द्र केसीले जानकारी दिनुभयो । कार्यक्रम गङ्गा प्राबिको प्राङ्ग्णमा भैरहेको छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यी दुई प्रदेशमा राति पनि हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। भोली पनि देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ ।

प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भोली पनि हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय