काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन रहरले नबनेको बताएका छन् । सोमबार बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संविधान रक्षाको लागि आफूहरुले गठबन्धन गरेको बताएका हुन् ।
‘यो संविधान समावेशी छ । त्यसकारण यो संविधानको हामीले रक्षा गर्नुपर्छ । संविधानलाई हामीले स्थायी शान्तिको रुपमा लिएका छौं । अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको संविधानको चर्चा हुन्छ’, प्रधानमन्त्री देउवाले भने, ‘रहरले होइन आवश्यकताले बनेको गठबन्धन हो ।

गठबन्धन अपरिहार्य थियो, छ र रहनेछ । लोकतन्त्र, संविधानको रक्षा र सुशासनको लागि गठबन्धन गरेका हौं ।’
देशभर गठबन्धनको माहोल बनेको उनले बताए । गठबन्धन छ जित्छौं भनेर ढुक्कसँग नबस्न उनले सबैलाई सचेत गरे ।