काठमाडौं– नेपाली कांग्रेस डडेलधुराको भागेश्वर गाउँपालिका वडा नम्बर ५ ले निर्वाचन बहिष्कार गर्ने जनाएका छ ।
आइतबार वडा सभापति जंगबहादुर थापामगरले विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा वडा कमिटीले निर्वाचनमा सहभागी नहुने जनाएका हुन् ।विज्ञप्तिमा भनिएको छ, ‘यस भागेश्वर गा.पा वडा नम्बर ५ को नेपाली कांग्रेस वडा कमिटीले आसन्न २०७९ मंसीर ४ गते हुन भइरहेको प्रदेश र प्रतिनिधिको निर्वाचनमा वडा कमिटीले समग्र वडाको

विकासका लागि राखेका मागहरू विश्वासिलो रूपमा पुरा हुने आधार नदेखिएको अवस्थामा चुनाव बहिष्कार गर्ने र कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतबाट पारित गरिएको जानकारी गराइन्छ, साथै यदि माग सम्बोधनका लागि वार्ता गर्ने अवस्था आएमा जिल्ला स्तरका
नेपाली कांग्रेसका कुनै पनि नेताहरूसँग वार्ता नगरी स्वयं सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवासँग मात्र गर्ने कुरा जानकारी गराइन्छ ।’ – मिडिया डबली