कामै गर्न दिएनन् भनेर रोए ओली : माधव नेपाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालमा सवै किसिमका अनुचित काम भएको आरोप लगाएका छन् ।

शुक्रबार सत्ता गठबन्धनले बुटवलमा गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले भने, ‘जेजति अनुचित काम भएका छन् । ति सवै किसिमका अनुचित काम केपी ओलीका पालामा भएका छन् ।’

उनले आफूले अनुचित काम नगर्नुस् भन्दा ‘मलाई कामै गर्न दिइएन’ भनेर रोएको टिप्पणी गरे । उनले ओलीलाई श्रम लाग्दैन ? भन्दै प्रश्न समेत गरे। उनले गठबन्धनविरुद्ध विरोधीहरुले नानाभाती प्रचार गरिरहेको भन्दै त्यसलाई शसक्त प्रतिवाद गर्न आव्हान समेत गरे ।

‘संघीय चुनावमा समेत प्रतिगमनलाई पराजित गर्नैपर्छ । यही संकल्पका साथ चुनावी मैदानमा उत्रन आहान गर्छु । हामीले पहल नगरेको भए, लोकतन्त्र मासिने, संघीयता समाप्त पर्ने खतरा थियो’, नेपालको भनाइ छ ।

ओलीविरुद्ध आन्दोलन गरेर निकै ठुलो संकटबाट मुलुकलाई बचाएको भन्दै उनले त्यसरी पहल र अग्रसरता नलिएको भए देश राजनीतिक स्थिरताको दिशामा अघि नबढी अधिनायकवाद, निरंकुश सत्ता हावी हुने अवस्था आउनबाट रोकिएको बताए ।

यस्तै, गोदावरी पुष्प मेलाको दोस्रो दिन शुक्रबार दश हजार बढीले अवलोकन गरेका छन् । सो संख्याको अवलोकनकर्ताबाट २१ लाख ७५ हजारको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फयान) का महासचिव विश्वमणि पोखरेलले जानकारी दिए ।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी २०७९ जावलाखेल मैदानमा जारी छ । सो मेलाको बिहीबार उद्घाटन गरिएको हो ।

नजिकिएको तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनी आयोजना गरिएको पोखरेलले जानकारी दिए। फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यावसायिक प्रवर्द्धन गर्ने उद्देश्य अनुरूप मेला आयोजना गरिएको हो ।

मेलामा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल दुई र सूचनामूलक चार गरी ५५ स्टल छन् । तिहारमा २० लाख सयपत्री, मखमली तीन लाख र गोदावरीको २५ हजारसम्म माला खपत हुने फ्यानको अनुमान छ । नेपाल ९० प्रतिशत फूलमा आत्मनिर्भर रहेको छ ।

कोरोनाका कारण फूल उत्पादन घटे पनि हाल १० देखि २० प्रतिशत फूलको माग बढ्नुका साथै उत्पादन पनि बढेको छ । गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिनेछ । प्रदर्शनीमा सहभागी नर्सरी र फर्मले उत्पादित गोदावरी फूलको पाँच प्रजातिमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिमा १० मिनियचर, २० स्पाइडर, ३० रिफ्लेक्स, ४० इन्कर्भ र ५० गोदावरीको कट फ्लावर प्रजाति छन् । पुष्प मेला कात्तिक ६ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय