निर्वाचन लक्ष्यित नेविसंघ गुल्मीको बैठक सम्पन्न

गुल्मी ,कातिक ५  । नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति गुल्मीको बैठक बिपि स्मृति भवन तम्घासमा सम्पन्न गरिएको छ।आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा गठबन्धनका उमेदवारहरुलाइ बिजयी बनाउने निर्णयलाई मुख्य रुपमा अगाडि सारि बैठक गरिएको हो।

बैठकले रेसुङ्गा बहुमुखि क्याम्पसमा नेपाल विद्यार्थी संघको अधिवेशन गर्नको लागि जिल्ला प्रतिनिधिको रुपमा नेपाल विद्यार्थी संघ गुल्मीका सहसचिव रोशन सिंह ठकुरीलाई जिम्मेवारी दिएको नेपाल विद्यार्थी संघ गुल्मीका सभापति झबिन्द्र पाण्डेले बताए।

यसैबिच निर्वानलाइ लक्ष्यित गर्दै गुल्मीका दुइवटै निर्वाचन क्षेत्र ,चार प्रदेश क्षेत्र र १२ वटै पालिकामा नेविसंघका प्रतिनिधि खटाइएको समेत पाण्डेले जानकारी दिए।

गुल्मी क्षेत्र नं १ को प्रदेश (क) प्रदेश सिजन राना र (ख)प्रदेशमा सन्तोष भण्डारीलाई जिम्मेवारी दिइएको छ। क्षेत्र नं २ को (क) प्रदेशमा रोशन सिंह ठकुरी र ( ख) प्रदेशमा अर्जुन पोख्रेललाई जिम्मेवारी दिइएको छ।

यसैबीच पालिका स्तरीय प्रतिनिधिहरुमा रेसुङ्गा नगरपालिकाबाट प्रकाश मरासिनी, सन्तोष पाण्डे,सुधन अर्याल र शिव भण्डारीलाई जिम्मेवारी दिइएको पाण्डेले जानकारी दिए ।

मुसीकोट नगरपालिकाबाट विष्णु प्रसाद आचार्य, दीपक कुँवर, गम्भीर खत्री र विक्रम कुँवर यस्तै कालीगण्डकी गाउँपालिकाबाट प्रेम परियार, तिलक राना,मदन पाण्डे,मुक्ति पाण्डे यस्तै सत्यवती गाउँपालिकाबाट सुबाश न्यौपाने, ईश्वरी पाण्डे,रमेश पाण्डेलाई जिम्मेवारी दिइएको छ।

यसैबीच चन्द्रकोटबाट नारायण केसी ,दीपक पौडेल रुरु गाउँपालिकाबाट सुनिल ज्ञवाली, अर्जुन ज्ञवाली र पिताम्बर भण्डारी छत्रकोट गाउँपालिकाबाट बाबुराम कँडेल,रोशन भण्डारी,विष्णु घिमिरेलाई जिम्मेवारी दिइएको छ।

गुल्मी दरबार गाउँपालिकाबाट निशान थापा,विकास टण्डन इस्मा गाउँपालिकाबाट अमृत भण्डारी,कमल कुँवर,केशव भण्डारी मालिका गाउँपालिकाबाट पुनाराम घिमिरे ,दीपक अर्याल,श्यामलाल गिरी ,प्रेम मल्ल यसैगरी मदाने गाउँपालिकाबाट विवेक भुसाल,राजेश कुँवर , हेम्पिना भुसाल,र धुर्कोट गाउँपालिकाबाट कमल काउछा ,रमेश पन्थी ,सृजना गिरी,रक्षा भण्डारीलाई जिम्मेवारी दिइएको हो।

बैठकका बिचमा आउदै गरेको दिपावली र छठ पर्वको शुभकामना व्यक्त गरिएको थियो।नेविसंघ गुल्मीका जिल्ला पदाधिकारीको उल्लेखनीय उपस्थितिमा बैठक गरिको हो।नेविसंघ जिल्ला सभापति झबिन्द्र पाण्डेको अध्यक्षतामा बसिएको बैठको संचालन सचीव सिजन रानाले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय