फेरी ओलीको हातमा सत्ता गए देश छाड्नुपर्ने अवस्था आउछ: माधव नेपाल

रूपन्देही ।नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच एकता सन्देश दिन गठबन्धनका दल सबै प्रदेशमा पुगेको बताएका छन् ।

बुटवलमा भएको लुम्बिनी प्रदेशस्तरीय गठबन्धन कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनको अभियान पूरा गर्न कुप्रचारलाई चिर्नतर्फ लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

‘स्थानीय चुनावमा प्रतिगामीलाई जसरी पराजित गर्‍यौं त्यसलाई पूर्ण बनाउन आउने चुनावमा पनि उनीहरूलाई पराजित गर्नुको विकल्प छैन’, नेता नेपालले भने । प्रतिगामीलाई ठेगान लगाएको भन्दै उनले यो अभियान नचालेको भए सबै उपलब्धि गुम्ने दाबी गरे ।

एमाले अध्यक्ष केपी ओलीको नामै लिएर नेपालले भने, ‘सरम लाग्दैन ? काम गर्न दिएनन् भनेर रूदै हिँडेर हुन्छ । बरु कमरेड घनश्याम भुसालले बोल्नुभएको भए कस्तो सुनिन्थ्यो, केपी ओली सुध्रनेवाला छैनन् । उनले भने ।’

ओली हिटलर बन्न खोजेको उनको आरोप थियो । नेपालले भने, ‘अब देश छाड्नुपर्न सक्छ अब पनि उनले शक्ति पाए थप क्षति हुनसक्छ ।’

राप्रपासँग ओलीको गठबन्धन देशघाती भएको र आफूहरूको गठबन्धन आवश्यकतामा आधारित भएको उनको जिकिर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय