काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
हाल देशको पहाडी भूभागमा आंशिक बदली देखि सामान्यता सफा रही बाँकी भूभागमा मौसम सामान्यता सफा रहेको छ। शुक्रबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
शनिबार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
देशको पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
आइतबार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।