इस्टर्न हाइड्रोपावरको आइपीओमा अन्तिम दिन सम्म कति पर्‍यो आवेदन ?

काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओमा १ अर्ब ५७ करोड १८ लाख ४७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।सीडीएसका अनुसार आज अन्तिम दिन अर्थात कात्तिक २ गते साँझ ५ः०२ बजेसम्ममा १३ लाख ९४ हजार ३२६ जनाले १ करोड ५७ लाख १८ हजार ४७० कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २५.२१ गुणा बढी आवेदन हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई बिक्री खुला गर्दा नबिकेको ५० हजार ३१० कित्ता सहित ६ लाख ७० हजार ३१० कित्ता आइपीओ जारी गरेको हो ।

यो मध्ये ३३ हजार ५१५ कित्ता सामुहिक लगानी कोष र १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो।

यो पनि पढ्नुहोस् – काठमाडौं । नेपालमा अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर मूल्य १ सय ३३ रुपैयाँ १४ पैसा तोकेको छ । त्यस्तै खरिददर मूल्य १ सय ३२ रुपैयाँ ५४ पैसा तोकिएको छ । पछिल्लो तीन महिनायता डलरको भाउ बढ्दो क्रममा छ । डलरको भाउ हिजो १ सय ३२ रुपैयाँ ८ पैसा थियो । त्यसमा बढेर आज अहिलेसम्मकै उच्च भएको हो ।

विश्वका लगानीकर्ता डलर खरिदमा आकर्षित हुँदा भारतीय मुद्रासँगै नेपाली मुद्रा पनि अहिलेसम्मकै कमजोर भएको हो । डलर बढ्दा आयातित सामानको मूल्य बढ्न जान्छ । जसको प्रभावले देशको व्यापार घाटा र समग्रमा महँगी बढ्न जान्छ ।

भारतीय रुपैयाँ र नेपाली रुपैयाँबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपालको वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ ।

डलरको भाउ उच्च हुँदा नेपालको वैदेशिक व्यापार घाटा झनै बढ्नेछ । तर रेमिट्यान्स पठाउनेहरुलाई यो समय उपयुक्त हुने अर्थविद्ले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय