संबिधानको रक्षा र राजनीतिक स्थिरताका लागि गठबन्धन :चन्द्र भण्डारी

गुल्मी : निर्वाचन क्षेत्र नम्वर एक प्रतिनिधि सभाका उम्मेदवार चन्द्र भण्डारीले संबिधानको रक्षा र राजनीतिक स्थिरताका लागि गठबन्धन भएको बताउनुभएको छ ।

कालीगण्डकी गाउँपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले संबिधानको रक्षा गर्न राजनीतिक स्थिरताका लागि गठबन्धन भएको दाबी गर्नुभएको छ । नेकपा एमालेका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक संबिधान माथि प्रहार गर्ने काम गरेकाले गठबन्धन आवश्यक भएको बताउनुभयो ।

गठबन्धनले मात्रै देशलाई निकास र बिकास दिन सक्ने भन्दै गठबन्धन बाहेका अन्य बिकल्प केही नरहेको बताउनुभयो । गठबन्धनले जनताको मर्म बुझन सक्ने , संबिधानको रक्षा र बिकास पनि गर्ने भएकाले गठबन्धनका नेताहरुलाई भोट दिएर जिताउन आग्रह गर्नुभयो ।

यस्तै निर्वाचन क्षेत्र नम्वर एक प्रदेश सभा १ का उम्मेदवार सुदर्शन बरालले केपीओली प्रवृत्तिका कारण गठबन्धन भएको बताउनुएको छ ।

उहाँले केपी ओली प्रवृत्ति अंहकारी स्वच्छचारी भएकाले गठबन्धन गर्नु बाहेकको बिकल्प नभएको बताउनुभएको हो । ओलीले देशमा भ्रष्ट्राचारीलाई संस्थागत गर्ने , गुटतन्त्र मौलाउदै लैजाने गरेकाले देशलाई निकास दिनका लागि गठबन्धन गरेको बताउनुभयो ।

यस क्षेत्रमा गठबन्धनबाट नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र एमालेका प्रदीपकुमार ज्ञवालीबीच प्रतिनिधि सभाका लागि प्रतिस्पर्धा हुँदै छ ।

प्रदेश सभा एकका लागि गठबन्धनबाट माओबादी केन्द्रका सुर्दशन बराल र एमालेका चिन्तामणी पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ ।- खबर मार्केट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय