विष्णु प्रसाद आचार्य (चकित)
वडिगाड गाउँपालिकामा नेकपा र जनमोर्चा परित्याग गरि नेपाली काँग्रेशमा दर्जनौ प्रवेश गरेका छन । मंगलबार भएको पार्टी प्रवेश कार्यक्रममा वडिगाड गापा वडा नम्बर ३,५र ६ बाट गरि ३१ जना नेपाली काँग्रेशमा प्रवेश गरेको त्यहाँबाट नेपाली काँगे्रश वडिगाड गाउँपालिकाका सह संयोजक तथा वडा नम्बर ७ का पार्टी सभापति कृष्ण गुरुङ्गले जानकारी दिनुभयो ।

वर्तमान सरकार र नेकपाले नागरिकको उपेक्षा गरेको भन्दै नागरिकको आशा र भरोशाको पार्टी काँग्रेस नै भएको ठहर गर्दै काँग्रेसमा प्रवेश गरेको नवप्रवेशी विमल प्रतेलले नवखबरलाइ बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै नेपाली काँग्रेस बाग्लुङ्गका सभापति दिपेन्द्र बहादुर थापाले बर्तमान सरकारले नागरिकको आवश्यकताको कुनै वास्ता नगरेको भन्दै नागरिकको सुखदुखमा काँग्रेस सधै साथमा रहेकोले दीनदुखीहरुले काँग्रेसको काख रोजेको उहाँको दाबी रहेको छ ।
कार्यक्रममा नेपाली काँग्रेस बाग्लुङ्गका सचिव नवराज पौडेल, महासमिती सदस्य जगदीशचन्द्र उपााध्याय, नेपाली काँग्रेश बाग्लुङ्गका क्षेत्र नं २ का क्षेत्रिय सभापति द्रोण कुमार कुँवर, महाधिवेशन प्रतिनिधी मञ्जु चालिसे, हरिहर शर्मा, हेमु पवि, जिल्ला कार्य समिती सदस्य पम खत्री,सरस्वती आचार्य, लगायत भातृसङ्गठनका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
नेपाली काँग्रेस वडा नम्बर ३ का पार्टी सभापति डील बहादुर पुनको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रममा नेपाली काँग्रेस वडिगाड गाउँपालिकाका पार्टी सभापति अर्जुन प्रसाद खरेलको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन नेपाली काँगे्रश वडिगाड गाउँपालिकाका सह संयोजक तथा वडा नम्बर ७ का पार्टी सभापति कृष्ण गुरुङ्गले गर्नुभएको थियो