काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले शुक्रबारदेखि सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा १० लाख बढीको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार साँझ ५ः०५ बजेसम्ममा कम्पनीको आईपीओमा १० लाख २८ हजार ५३ वटा आवेदनबाट १ अर्ब १६ करोड ६८ लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख ६८ हजार ८९० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणलाई निष्काशन गरेको ६ लाख २३ हजार ३८९ कित्ता शेयरको १८.७१ गुणा बढी हो ।
विगतको तुलनामा अहिले प्राथमिक शेयरमा समेत आवेदन दिनको संख्या घट्दै गएको छ । यो आइपीओमा समेत १५ लाख माथिको आवेदन दिने अनुमान गरिएको थियो ।

शेयर बजारमा आइरहेको मन्दीले त्यसको प्रभाव आइपीओको आवेदनमा समेत परेको देखिन्छ ।