नेकपा एसकी उम्मेदवार रावल एमालेमा फर्किइन्

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार रिता रावल नेकपा एमालेमा फर्किएकी छन् । अध्यक्ष केपी शर्मा ओलीलगायतले नेतृ रावललाई सोमबार साँझ खादा र टीका लगाई पार्टीमा स्वागत गरे ।

संविधानसभा सदस्यसमेत रहेकी रावल नेकपा एसनिकट अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव पनि हुन् । विचार नमिल्ने दलहरूबीचको अपवित्र गठबन्धनबाट देश दुर्घटनामा पर्ने साथै नेकपा एसको भविष्य नभएको भन्दै आफू एमालेमै फर्किएको उनले बताइन् । ‘लोभलालच केही राखेर फर्केकी छैन, समानुपातिक सांसदको उम्मेदवारी पनि छाडेर आएकी छु’, उनले भनिन् । उनीसँगै नेकपा एस जाजरकोटका सचिव अर्पण रावल पनि एमाले प्रवेश गरेका छन् ।

यो पनि पढ्नुहोस् – काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ सकिएको छ । यी दुई प्रदेशका प्रतिनिधिसभातर्फ ३८ र प्रदेशसभातर्फ ८० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएको हो ।

यस पटक प्रत्यक्षतर्फ अन्तिम नामावलीमा कायम उम्मेदवारको निर्वाचन चिन्हमात्र समावेश गरी मतपत्र छपाइ गरिएको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा दैनिक करिब २५ लाख मतपत्र छपाइ भइरहेको आयोगका सहायक प्रवक्ता उपसचिव ऋषिराम भुसालले नेपालप्रेसलाई जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म प्रत्यक्षतर्फ ८९ लाख ९९ हजार मतपत्र छपाइ भइसकेको छ । त्यसमध्ये प्रदेशसभातर्फ ४७ लाख १५ हजार र प्रतिनिधिसभातर्फ ४३ लाख ४८ हजार रहेको सहायक प्रवक्ता भुसालले बताए ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भई जिल्ला-जिल्लामा वितरण सुरु भइसकेको छ । हालसम्म बागमती, मधेस र प्रदेश नं १ का सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी भइसकेको छ । बाँकी प्रदेशमा कात्तिक ३ गतेदेखि ढुवानी हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय