कस्तो रहला तपाइको कार्तिक महिना, हेर्नुहोस कार्तिक महिनाको पुरा राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – यावहारिक उतारचढाव देखिए पनि यो महिना उपलब्धिमूलक रहनेछ। कर्मक्षेत्रमा भने निकै संघर्ष गर्नुपर्ने देखिन्छ। काम र व्यवहारमा ठगी गर्नेहरूप्रति विद्रोह गर्नुपर्ने हुन सक्छ।

 अरूका कमजोरी सच्याउन स्वयं जुट्नुपर्ने देखिन्छ। आफ्नै सक्रियताले सामाजिक कार्य सम्पादन हुनेछन्। स्वास्थ्यमा मौसमी समस्याले सताउन सक्छ। आफ्ना तर्फबाट जीवनसाथीको स्वास्थ्यप्रति पनि सजग रहनुपर्ने समय छ। यात्रामा केही झमेला हुन सक्छ। अर्थ र स्वास्थ्यका हिसाबले लामो यात्रा नगर्नु बेस हुनेछ। धेरै समय जुट्न नसकिए पनि अध्ययनमा प्रगति हुनेछ। आम्दानीका तुलनामा अधिक खर्च हुनेछ। कमसल वस्तुलाई महँगो रकम खर्चनुपर्ला। आर्थिक पक्षमा सुधार ल्याउन केही समय लाग्न सक्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – श्रम परे पनि पुरुषार्थी काम गर्ने समय छ। तत्काल फाइदा कम देखिए पनि दिगो व्यवसायमा जग बसाउन सकिनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडमा जित दिलाउनेछ। प्रयत्न गर्दा महत्त्वाकांक्षी योजना प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आयस्रोत सबल देखिए पनि यस महिनामा अनपेक्षित खर्च बढ्न सक्छ। आफ्नै कमजोरीका छिद्रबाट रकम बाहिरिने सम्भावना छ। सानो कर्जालाई बेवास्ता गर्दा नोक्सान हुनेछ। अरूको हातमा गएको रकम फिर्ता लिन मुस्किल पर्नेछ। नोकरीमा प्रवेश तथा अनुकूल स्थानप्राप्तिका लागि प्रयत्न गर्ने समय छ। विदेश ताक्नेहरूका लागि भने समय त्यति उपलब्धिमूलक नहुन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – अवसरका लागि बढी मिहिनेत र खर्च गर्नुपर्ला। खर्चिलो काममा हात हाल्नाले रकम अड्किन सक्छ। व्यवसायमा अलि मन्दी आउन सक्छ। साझेदारीमा फाइदा हुनेछ। तर लेनदेन गर्दा पुँजी सुरक्षामा ध्यान दिनुहोला। खर्चिलो परिस्थितिले रकम सञ्चय नहुन सक्छ। अध्ययनमा धेरै समय दिन नसकिए पनि प्रगति हुनेछ। सन्तानको बारेमा केही चिन्ता बढ्न सक्छ। पेटको गडबडीले स्वास्थ्यमा कमजोरी देखा पर्नेछ। पाउमा चोटपटक र फजुल खर्चको योग देखिएकाले सजग रहनुपर्ला। प्रगतिमा ईष्र्या गर्नेहरूले दुःख दिनेछन् र व्यवधानका चुनौतीहरू पनि देखापर्नेछन्। अरूको भर पर्दा काम रोकिन सक्छ। समस्या दर्साउँदा शुभचिन्तकले साथ दिनेछन्। आफन्त टाढिए पनि हिम्मतले काम लिन सकिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – स्वास्थ्य कमजोर देखिए पनि यो महिनामा उपलब्धिमूलक काम गर्न सकिनेछ। तर पारिवारिक समस्याले काममा बाधा पुग्न सक्छ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। केही विवादास्पद जिम्मेवारीसमेत वहन गर्नुपर्ला। अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ। व्यावसायिक काममा भने राम्रै फाइदा हुनेछ। आयआर्जनका नयाँ स्रोत पनि फेला पर्नेछन्। लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाले मान–सम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ र बौद्धिक सफलताले पनि उत्साह जगाउनेछ। इच्छाशक्ति र लगनशीलताले दिगो व्यावसायतर्फ अग्रसर भइनेछ। धन आर्जनका विभिन्न स्रोतहरू प्राप्त हुनेछन्। सेयर तथा अन्य लगानीमा सामान्य फाइदा हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – यो महिना निकै लाभदायक रहनेछ। स्रोत–साधन जुट्नाले रोकिएका काम सजिलै बन्नेछन्। पहिलेका व्यवधान हट्नेछन् र सम्भावनाका नयाँ ढोकाहरू खुल्नेछन्। समाजका अगुवासँग सहकार्य गर्दै आफ्नो क्षेत्र, वर्ग र समाजलाई बाटो देखाउन सफल भइनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। तारिफयोग्य कामको प्रभावले नेतृत्व लिने अवसर दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। उद्योग–धन्दा र व्यापारमा फाइदा हुनेछ। आर्थिक साझेदारका माध्यमबाट लाभ उठाउन सकिनेछ। प्रतिष्ठित व्यक्तिहरू सहयोगी बन्नेछन्। अग्रजहरूको साथ–सहयोग जुट्नाले राम्रै उपलब्धि हातपार्न सकिनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – अवसरका लागि दौडधुप गर्नुपरे पनि लक्ष्य नजिक पुग्न सकिनेछ। काममा चुनौती देखिए पनि आशा गरिएको फल प्राप्त हुनेछ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। व्यवसाय र उद्योगधन्दामा सामान्य फाइदा हुनेछ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला। खर्चिलो व्यवहार धान्न कर्जा लिनुपर्ने हुन सक्छ। स्वास्थ्यमा शिर तथा पेटको समस्याले सताउन सक्छ। घर–गृहस्थी, भेटघाट आदिमा समय दिन नसकिएला। आवश्यक पर्दा आफन्त र साथीभाइको सहयोग जुटाउन मुस्किल पर्नेछ। धनमाल सुरक्षामा ध्यान दिनुहोला। तत्काल समस्या देखिए पनि भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – अवसरका लागि केही दौडधुप गर्नुपर्ला। स्वास्थ्यमा टाउको दुखाइ र आँखाको समस्याले सताउन सक्छ। धेरै परिश्रम गर्नुपर्दा शारीरिक शिथिलता वा आलस्य बढ्नुका साथै उत्साहमा कमी आउने देखिन्छ। तापनि समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। दोहोर्याएर प्रयत्न गर्दा अड्किएका काम पुनः प्रारम्भ हुनेछन्। बौद्धिक क्षमता बढ्नुका साथै अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। खर्च लागे पनि प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। परिश्रम गर्नेहरूलाई सम्भावनाका प्रशस्त बाटाहरू फेला पर्नेछन्। वादविवादमा अघि नसर्नुहोला। सरोकार नभएका विषयमा चासो राख्नाले समस्या पर्न सक्छ। तापनि, क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – खर्चिलो काममा हात हाल्नाले महिनाभरि अर्थअभाव देखापर्नेछ। स्वास्थ्यमा शिथिलता, काममा विलम्ब, अधिक खर्च जस्ता समस्या आउन सक्छन्। लगानीको तुलनामा न्यून प्रतिफल प्राप्त हुनेछ। व्यापारमा मन्दी आउनेछ र आयस्रोत कमजोर बन्नेछ। खर्च धान्न कर्जा लिनुपर्ने हुन सक्छ। समस्या पर्दा निकटजनहरू टाढिन सक्छन्। झुटा आश्वासन बाँड्नेहरूले फसाउने चेष्टा गर्नेछन्। आफ्नो वस्तुमाथि अरूले दाबी गर्नेछन्, धनमाल सुरक्षामा सजग रहनुहोला। बुद्धिको उपयोगले संघर्षमय परिस्थिति पार गर्दै सफलताको उपलब्धि प्राप्त गर्न सकिनेछ। पछिका लागि विशेष कामको थालनी हुन सक्छ। स्वास्थ्यमा ज्वरो, टाउको दुखाइ तथा मौसमी समस्याले सताउने समय रहेकाले सजग रहनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – महिनाभर विभिन्न अवसर आउनाले उत्साह जाग्नेछ। रोकिएका काम बन्नुका साथै आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष फाइदा हुनेछ। पद–प्रतिष्ठा प्राप्त हुने ग्रहयोग छ। उद्योग–धन्दामा पनि सफलता पाइनेछ। प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन्। सोखले विलासी वस्तु जुटाउन प्रेरित गर्नेछ। आफन्तसँग विचार नमिल्नाले टाढा भइनेछ। आलस्य गर्ने बानीले काममा पनि विलम्ब हुन सक्छ। केही विवादास्पद काममा अलमलिनुपर्ला। पतिपत्नीमा समेत असमझदारी बढ्ने समय छ। तर प्रयत्न गर्दा कीर्तिमानी काम शुभारम्भ हुनेछ। सामान्य परिस्थितिबाट पनि प्रशस्त फाइदा उठाउन सकिनेछ। मिहिनेतले जीवनशैलीमा सुधार आउनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – योजना ठूलो बन्नेछ। तर चुनौती पनि त्यत्तिकै देखापर्नेछन्। स्वतःसिद्ध अधिकारसमेत बिनासंघर्ष प्राप्त नहुन सक्छ। तापनि, महत्त्वाकांक्षी काम प्रारम्भ गर्ने समय छ। पहिलेको सफलताले पुनः अवसर प्रदान गर्नेछ र जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। व्यापार तथा उद्योगतर्फ फाइदा हुनेछ। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। कृषिकर्म एवं पशुधनबाट लाभ मिल्नेछ। अग्रजहरूको सहयोगले ठूला काम बन्नेछन्। सामाजिक कामको जिम्मेवारी प्राप्त हुनेछ। प्रयत्न गर्दा नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। शुभचिन्तकहरूले साथ दिए पनि केही विश्वासपात्रहरूबाट भने धोका हुन सक्छ, सावधान रहनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – अवसर प्राप्त भए पनि सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ। बन्धुबान्धव तथा गुरुजनसँग मतभेद देखापर्न सक्छ। व्यावहारिक दायित्व बढ्नेछ। काम साँच्ने बानीले हातमा आएका अवसर गुम्न सक्छन्। स्थायी सम्पत्तिमा केही विवाद आउनेछ भने बलजफ्ती गर्ने बानीले नोक्सानी दिलाउन सक्छ। उद्देश्यमूलक काममा समय दिन नसक्दा पछि परिनेछ। परिस्थितिवश महत्त्वाकांक्षा त्यागी निर्वाहमूलक व्यवसाय गर्न बाध्य भइनेछ। नयाँ काम थाल्नुभन्दा पहिलेको साख जोगाउने प्रयत्न गर्नुहोला। अवसर, आवश्यकता र चुनौती नै कर्मयोगका प्रेरक बन्नेछन्। सामाजिक जिम्मेवारी वहन गर्नुपर्ला। महिनाको अन्त्यतिर आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – स्वास्थ्य र आम्दानीका दृष्टिले यो महिना कमजोर रहनेछ। खराब व्यक्तिको विश्वासमा पर्नाले काममा धोका पाइएला। व्यवसाय र आयमूलक काममा मन्दी आउनुका साथै आर्थिक अभावले सताउन सक्छ। कब्जियत र ढाड–कम्मर सम्बन्धी समस्याले सताउने देखिन्छ। चोटपटकको योग देखिएकाले सवारी एवं हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। लामो सक्रियता पनि स्वास्थ्यका लागि बाधक बन्न सक्छ। चिताएका काममा वैधानिक हस्तक्षेप हुने समय रहेकाले सजग रहनुहोला। 

शुभचिन्तकहरूको साथले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहनेछ। अरूको भरपर्दा काम बिग्रन सक्छ, सजग रहनुहोला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय