कार्यालयसंग मिल्दोजुल्दो फेसबुक गुप्र बन्द गर्न मालिकाको आग्रह

गुल्मीःगुल्मीको मालिका गाउँपालिकाले अनाधिकृत फेसबुक गुर्प बन्द गर्न आग्रह गरेको छ ।

शुक्रबार गाउँपालिकाले एक सूचना जारी गर्दै मालिका गाउँकार्यपालिकाको कार्यालय सङ मिल्दोजुल्दो (मालिका गाउँपालिका गुल्मी) नामक फेसबुक गुर्प सञ्चालन गरि सरकारी लोगो अनाधिकृत रुपले प्रयोग गरेको भन्दै गाउँपालिकाले त्यस्ता गुर्प बन्द गर्न आग्रह गरेको हो ।

गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले हस्ताक्षर गरेको सूचनामा भनिएको छ ,‶जनतालाई भ्रमित पार्ने विभिन्न झुट्टा तथा तथ्यहिन सामाग्रीहरु प्रचार प्रसार गरिएका कारण गुर्प बन्द गर्न अनुरोध गरिको सूचनामा उल्लेख गरिएको छ ″।

यो पनि पढ्नुहोस् – गुल्मीः गुल्मीका ३५ मतदानस्थल अति संवेदनशील रहेका छन्। मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तोकिएका मतदानस्थलमध्ये जिल्लाका ३५ मतदानस्थललाई जिल्ला सुरक्षा समितिले अति संवेदनशील सूचीमा रहेका छन् ।

विगतका निर्वाचनमा भएका गतिविधि, भौगोलिक विकटता, सुरक्षा संवेदनशीलता लगायतका अवस्थालाई अध्ययन गरेर मतदानस्थलको वर्गीकरण गरिएको जिल्ला सुरक्षा समिति अध्यक्ष एवम् गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए

उहाँका अनुसार यस जिल्लामा तोकिएका १४२ मतदानस्थलमध्ये ३५ मतदानस्थल अति संवेदनशील सूचीमा राखिएको छ। त्यस्तै, ६७ मतदानस्थललाई संवेदनशील र ४० मतदानस्थललाई सामान्य अवस्थाको सूचीमा राखिएको उनले बताए ।

दुई नगरपालिका र १० गाउँपालिका गरेर १२ स्थानीय तह रहेको यस जिल्लामा कुल दुई लाख २३ हजार ६१५ मतदाता सङ्ख्या कायम भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । – खबर मार्केट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय