लगानि कर्ताहरुका लागि आयो अर्को खुसिको खबर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति सम्वन्धी विनियमावलीको पाँचौ संशोधन गरेको छ ।

राष्ट्र बैंकका अनुसार अब मर्जरमा गएका बैंक तथा वित्तीय संस्थाको दोस्रो बजारमा कारोबार रोक्का हुने व्यवस्था हटाएको हो । नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले मर्जर सम्झौता गरेपछि सैद्धान्तिक सहमतिको लागि राष्ट्र बैंकका निवेदन दिनुपर्नेछ ।

यसअघिको निवेदन दिँदा सम्बन्धित दुई वा सो भन्दा बढी बैंक वा वित्तीय संस्थाले आ–आफ्नो साधारण सभाको विशेष प्रस्ताव बमोजिम आ–आफ्नो सञ्चालक समितिबाट निर्णय गरी नेपाल धितोपत्र विनिमय बजार लिमिटेडबाट गाभ्ने–गाभिने वा लक्षित संस्थाको सेयर कारोबार रोक्का गरिएको पत्र सहित सैद्धान्तिक सहमतिका लागि राष्ट्र बैंकमा संयुक्त रुपमा निवेदन दिनु पर्ने व्यवस्था थियो।

संशोधित नयाँ व्यवस्था अनुसार अब बैंक तथा वित्तीय संस्था मर्जरमा जाँदा कारोबार रोक्का तथा फुकुवाको जिम्माको नियामक निकाय नेपाल धितोपत्र बोर्डलाई हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय