महालक्ष्मी विकास बैंकका तीन कर्मचारी भ्रष्टाचारको आरोपमा  पक्राउ

भ्रष्टाचारको आरोपमा प्रहरीले महालक्ष्मी विकास बैंकका कर्मचारीसहित तीनजनालाई पक्राउ गरेको छ । कर्जा अपचलनसम्बन्धि बैंकिङ कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सन्दीप लिम्बू, पूर्ण राई र देवेन्द्र राई छन् । बैंकको कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा प्रवाह गर्दा अनियमितता गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । हिनामिनामा बैैंकका उच्च तहका कर्मचारी समेत यसमा तानिने सम्भावना छ । महालक्ष्मी विकास बैंकमा साविकको यति विकास बैंक समेत मर्ज भएको हो ।

महालक्ष्मी विकास बैंकमा विवादास्पद ब्यापारी अजयराज सुमार्गीको लगानी छ । सुमार्गीले ब्रिटिस भर्जिन आइल्याण्ड र साइप्रसबाट नेपाल भित्र्याएको स्रोत नखुलेको तीन अर्ब रुपैयाँ नेपालमा ल्याएको विषय अहिलेसम्म पनि टुंगिएको छैन । सात बर्षदेखि उक्त रकम राष्ट्र बैंकले रोकेको छ ।

कर छलीमार्फत् गैरकानूनी रूपमा आर्जन गरेको रकम उनले भित्र्याउन खोजेको शंका राष्ट्र बैंकको छ । राष्ट्र बैंकका अनुसार उक्त रकम नेपाल इन्भेस्टमेन्ट बैंकमा डिपोजिट छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय