संबैधानिक परिषद बैठक सभामुख अनुपस्थिति कारण सथगित

सभामुख अग्नीप्रसाद सापकोट अनुपस्थित भएपछि संवैधानिक परिषद् बैठक रोकिएको छ। संबैधानिक निकायका पदाधिकारी नियुक्ती गर्न प्रधानमन्त्री ओलीले मंगलबार विहान परिषदको बैठक बोलाएका थिए।

बैठकमा विपक्षी दलका नेता शेरवहादुर देउवा, प्रधानन्यायधिस चोलेन्द्र सम्सेर जबरा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सीना उपस्थित भएपनि सभामुख सापकोटा उपस्थित भएका थिएनन्। उपसभामुख पद रिक्त रहेकाले बैठकको गुणपुरक संख्या पुर्याउन सबै सदस्य उपस्थित हुनपर्दछ।

गत आइतबार प्रधानमन्त्रीले बोलाएको संबैधानिक परिषदको बैठकमा विपक्षी दलका नेता देउवा र सभामुख सापकोटा अनुपस्थित भएकाले बैठक स्थगित भएको थियो। आजको बैठकमा देउवा भने उपस्थीत थिए। पार्टीको आन्तरिक विबादको प्रभाव संबैधानिक परिषदमा पनि देखिएको छ।

पार्टीमा जारी विवादकाबीच संवैधानिक परिषद बैठक बोलाइएकोमा प्रचण्ड पक्ष प्रधानमन्त्री ओलीसँग असन्तुष्ट रहेका छन्। बैठकमा विभिन्न संवैधानिक निकायमा रिक्त पदपूर्तिका विषयमा छलफल हुने कार्यसूची थियो । साँझ ५ बजे फेरी परिषदको बैठक बोलाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर