प्रस्तुति देखेर प्रभावित भएका अर्यालले तत्काल विशेष पुरस्कार प्रदान गरे

गुल्मीको मुसिकोटमा वामी विश्व सम्पर्क मन्च तेश्रो नौमती सास्कृतिक महोत्सव तथा वामी मेला २०७९ सम्पन्न भएको छ । जसमा विभिन्न झाकिहरु सहित नौमति बाजा प्रतियोगिता निकै रोचक र ऐतिहासिक बन्यो ।

नौमति बाजा सङ्गसङ्गै प्रतियोगितात्मक नृत्य पनि हेरुहेरु लाग्ने बन्यो, जसबाट बालबालिकादेखि युवा वृद्द सबैलाइ मोहित बनायो साथमा स्थानिय, राष्ट्रिय कलाकारहरुको प्रस्तुतिले मुसिकोट नगरको केन्द्र रङ्गिबिरङ्गि बनेको थियो ।

 

नौमति सास्कृतिक महोत्सव सफल पार्नको लागि आफ्नो तरिकाले सबैले पहल र सहयोग गरिरहेका थिए । सोहि अवसरमा राष्ट्रीय छवि बनाएका बालचन्द्र बराल र स्थानिय स्तरमा गायन र नृत्यमा सफलता हात पार्दै अब्बल साबित भएकि पृयन्का परियारको प्रस्तुतिबाट दङ्ग थिए मोडल तथा अर्याल सेवा समाज जापानका अध्यक्ष चेतन अर्याल ।

सङ्गित क्षेत्रमा सहभागिता र रुची राख्ने अर्याल आफैमा मोडल पनि भएकोले पृयन्का परियार र बालचन्द्र बरालको कलाको गहिएर अध्ययन गरि दङ्ग परेकोले व्याक्तिगत रुपमा विशेष पुरस्कार प्रदान नगरि बस्न सकेनन ।

कार्यक्रमको सफलताको लागि जुटेका अर्यालले दुबैजनाको कलाको सम्मान गर्दै गायन कलाको सम्मान स्वरुप पुरुष कलाकार बालचन्द्र बराललाइ नगद पुरस्कार आफ्नै हातबाट हस्तान्तरण गरे भने नृत्यतर्फ महिला कलाकार जो प्रतिस्पर्धामासमेत तृतीय समुहकि पृयन्का परियारलाइ पनि नगद पुरस्कार आफ्नै हातबाट हस्तान्तरण गरे ।

अर्याल एक समाजसेवि, सफल व्यवसायी र कलाकार पनि हुन । तत्कालै उनले काठमान्डौमा सुविधाजनक होटल सन्चालन गरि ५० जना भन्दा बढिलाइ विभिन्न योग्यता, सीप र क्षमता भएकाहरुलाइ रोजगारी दिलाउदै छन ।

यसअघि उनले कुल मन्दिर निर्माणका लागि पाच लाख पचपन्न हजार पाच सय पचपन्न रुपैया सहयोग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय