काठमाडौं । नेकपा (एमाले) का नेता डा भीम रावलले पार्टीका मान्छेलाई टिकट नदिएर कमल थापालाई टिकट दिएर अनैतिकताको नमूना देखाएको टिप्पणी गरेका छन् ।
उनले सामाजिक संजालमा सर्वसम्मत रूपमा एकल सिफारिस हुँदा पनि केन्द्रले अन्ययपूर्ण किसिमले आफूलाई टिकट नदिएको तर अन्य व्यक्तिलाई टिकट दिएको गुनासो गर्दै एमालेमा के हुन लागेको भन्दै व्यंग्य गरेका छन् । उनले पार्टीमा अनैतिकताको नमूना देखिन थालेको गुनासो गरे ।
उनले लेखेका छन्,‘अनैतिकताको नमूनाः कमल थापा एमालेको सूर्यमा उम्मेदवार हुने तर निजका अरु उम्मेदवार तीर चिन्हमा लड्रने र उपेन्द्र यादवको जसपा सरकारमा रहिरहने तर तालमेल एमालेसंग गर्ने १ नि। आ।ले एक व्यक्ति दुई पार्टीमा रहन नसक्ने भनी प्रष्ट्याउनु पर्ने। यस्तैलाई एमालेले बोक्ने! के हुन लाग्यो !’
यो पनि पढ्नुहोस् – काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारहरुको नामावली आज प्रकाशन हुँदैछ ।
आयोगले प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारहरूको नामावली आज साँझ ५ बजेदेखि ७ बजेसम्म प्रकाशन गर्ने जनाएको छ।आइतबार उम्मेदवारी दर्ता गराएको उम्मेदवारहरुको विरुद्धमा परेको उजुरीको अनुसन्धान गरी आज नामावली सार्वजनिक गर्ने आयोगका प्रवक्ता शालिकराम शर्माले बताए ।
प्रतिनिधि सभातर्फ प्रत्यक्षमा १६५ निर्वाचन क्षेत्रमा कूल दुई हजार पाँच सय २६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। यीमध्ये पुरूष दुई हजार दुई सय ९१ र महिला दुई सय ३५ जनामात्रै छन्।
प्रदेश सभातर्फ प्रत्यक्षमा ३३० क्षेत्रमा गरी कूल तीन हजार चार सय ७६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। आयोगका अनुसार पुरूष तीन हजार एक सय ७८ र महिला दुई सय ९७ जना तथा एक जना अन्यले उम्मेदवारी दर्ता गरेका छन्।