रामकुमारी झाँक्रीविरुद्ध कांग्रेस नेताको बागी उम्मेदवारी

रुपन्देही । गुल्मीको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनको साझा उम्मेदवार बनेकी नेकपा एसकी सचिव रामकुमारी झाँक्रीविरुद्ध कांग्रेस नेताले उम्मेदवारी दिएका छन् ।

कांग्रेसको टिकट दाबी गरिरहेका डाक्टर दामोदर भुसालले उम्मेदवारी दिएको बताएका छन् । नेपाली कांग्रेसको बलियो संगठन भएको ठाउँमा गठबन्धनका नाममा पार्टी संरचना भत्कने खतरालाई जोगाउन आफूले उम्मेदवारी दिएको भुसालले नेपाल प्रेसलाई बताए ।

उनले पार्टीभित्र मौलाएको गलत प्रवृत्ति रोक्न र खबरदारी गर्नका लागि आफ्नो उम्मेदवारी भएको बताए ।भुसाल प्रदेश योजना आयोग लुम्बिनीका सदस्य हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहेका उनले पहिलेबाटै चुनावमा गठबन्धन गरेर पार्टी संरचना ध्वस्त हुने बताउँदै आएका थिए । उनीसँगै सो क्षेत्रको प्रदेश ख बाट नरेन्द्र बहादुर अर्यालले उम्मेदवारी दिएका छन् ।

गठबन्धनमा यो क्षेत्र माओवादीलाई परेको थियो । माओवादीबाट जिल्ला नेता बुद्धिबहादुर जीसीले उम्मेदवारी दर्ता गरेका छन् । नेपाल प्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय