हेटाैँडा । मंसिर ४ मा हुने प्रतिनिधि सभातर्फ निवार्चनमा नेकपा एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई साझा उम्मेदवार बनाएको भन्दै असन्तुष्ट एमाले कार्यकर्ताहरुले पार्टी कार्यालयमा ताला लगाएका छन् ।
हेटौंडा ५ स्थित पुष्पलाल पार्क नजिक रहेको एमाले पार्टी कार्यालयमा कार्यकर्ताहरुले कमल थापालाई उम्मेदवार बनाउने निर्णयकाेविरुद्ध जिल्ला नेतृत्व चुपचाप रहेको भन्दै ताला लगाएका हुन् ।
२ वटा प्रतिनिधिसभा क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नम्बर १ मा एमालेको तर्फबाट केन्द्रिय सदस्य एवम जिल्ला ईन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको भएता पनि हिजो (शनिबार) एमाले अध्यक्ष केपि शर्मा ओलीले थापालाई एमालेको तर्फबाट टिकट दिने निर्णय गरेका थिए । – नेपाल प्रेस
योपनि पढ्नुहोस् – काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता शुरु भएको छ ।
आज बिहान १० बजेदेखि मनोनय शुरु भएको हो । आज अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवारी दर्ता गर्न उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि दर्ता गर्न सकिने आयोगले जनाएको छ।