मिनेन्द्र रिजाललाई स्वतन्त्र लड्न कार्यकर्ताको दबाब !

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस संकटमा परेका बेला चुनाव जितेर आएका प्रभावशाली नेता डा।मिनेन्द्र रिजाललाई टिकटबाट बन्चित गरेका छन् ।

संसदमा कांग्रेसको उपस्थिति कमजोर भएका बेला प्रभावकारी भूमिका निर्वाह गरेर प्रतिपक्षको आवाज बलियो बनाएका रिजाल महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीको उम्मेदवार थिए ।

पछिल्लो समय देउवाको कार्यशैलीप्रति विमति जनाउँदै आएका नेता डा.रिजालको साटो देउवाले महाधिवेशनको बेला कोइराला समूह छाडेर आफूलाई साथ दिएकी सुजाता कोइरालालाई टिकट दिएका छन् । २०७४ मा कांग्रेसले प्रत्यक्षतर्फ २३ सीट जित्दा रिजालले वाम गठबन्धनका उम्मेदवारलाई पराजित गरेका थिए । रिजालमाथि देउवाले पुर्वाग्रह साँधेको टिप्पणी नेताहरुले गरेका छन् ।

रिजालसँगै महामन्त्री र अन्य पदाधिकारीमा पराजित भएका नेताहरुमध्ये अधिकांशलाई केन्द्रीय सदस्य मनोनित गर्दा पनि देउवाले उनलाई भने मनोनित गरेनन् । रिजालले महामन्त्रीमा पराजित भएपछि नैतिकताको कारण देखाउँदै रक्षामन्त्रीबाट राजीनामा दिएका थिए ।

रिजाललाई अन्याय र प्रतिशोधविरुद्ध लड्न स्वतन्त्र उम्मेदवारी दिन कार्यकर्ताले दबाब दिएका छन् । मोरङमा मिनेन्द्र बलियो मानिन्छन् । उनी एमाले अध्यक्ष केपी ओलीसँग समेत केही समयअघिसम्म संवादमै थिए ।

यो पनि पढ्नुहोस् – काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । उनलाई सत्तारुढ दलले साथ दिने जनाउ दिइसकेका छन् । शनिबार एमाले छोडेको भुसालले आइतबार बिहान आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेका हुन् । वामपन्थी एकताको पहल गर्ने उद्देश्यका साथ प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिन लागेको उनले बताए ।

भुसालले अब आफु सत्तारुढ गठबन्धनले समर्थन गरेको स्वतन्त्र उम्मेदवारको रुपमा आज उम्मेदवारी दर्ता गर्ने जानकारी दिए । उनले आफु राजनीतिक मान्छे भएका कारण अरूक्षेत्रबाट राजनीतिमा योगदान हुनसके पनि संसदबाटै प्रभावकारी हुने भएका कारण चुनावमा उठ्न लागेको बताए ।

भुसालले आफुलाई सत्तारुढ गठबन्धनका दलहरुले समर्थन गर्ने प्रतिवद्धता जनाएको बताए । उनले आफूलाई नेकपा माओवादी केन्द्रले आफ्नो चुनाव चिन्हबाट उम्मेदवारी दिन आग्रह गरेको भए पनि आफुले स्वतन्त्रबाटै उम्मेदवारी दिन चाहेको बताए । ‘मलाई हिजो माओवादीका साथीहरुले बिनम्रतापूर्व आफ्नो पार्टीको चुनाव चिन्ह लिएर स्वतन्त्रमा उम्मेदवारी दिन आग्रह गरे ।

भुसालले प्रचण्डले आफ्नो तर्फबाट कुनै उम्मेदवारी नदिई मलाई सघाउ गर्ने प्रतिवद्धता जनाएको बताए । ‘व्यवहारिक राजनीतिमा जहाँ बढी संभावनाहरु छन्, त्यहीँबाट आफुले उम्मेदवारी दिन लागेको भुसालले बताए । कमरेड प्रचण्डले पनि आग्रह गर्नुभयो । तर मैले स्वतन्त्र भएरै चुनाव लड्न चाहेको बताएँ ।’, उनले भने, ‘प्रचण्डले गठबन्धनमा प्रधानमन्त्री र माधव कमरेडसँग कुरा गर्नुपर्छ भन्नुभयो । मध्यराती १२ बजे उहाँहरुले मलाई समर्थन गर्ने जनाउनु भयो ।’

भुसालले नवौं महाधिवेशनमा नीति आफ्नो पारित भए पनि नेतृत्व ओलीको भएको बताए । उनले समस्या त्यहँबाट सुरुभएको दाबी गरे । उनले भने, ‘नीति अनुसारको नेतृत्व आएको भए एमाले भ्रष्टाचार नगर्ने नेताहरूको पार्टी बन्थ्यो, सरकार रोजगार दिनेमा हुन्थ्यो र संगठन चुस्त हुन्थ्यो ।’ भुसालले वाम एकताको कुरा गरेबापत आफुलाई किनारा लगाइएको दाबी पनि गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय