जिल्ला मै पहिलो पटक चन्द्रकोटमा टोल फ्रि नम्बर संचालन

गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले जिल्ला मै पहिलो पटक टोल फ्रि (फोन गर्दा पैसा नलाग्ने) टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको छ ।

चन्द्रकोट गाउँपालिकाले नागरिकहरुमा सरल र सहज सूचना संचार प्रदान गर्न साथै नागरिकहरुले गाउँपालिकाबाट प्रदान हुने सार्वजनिक सेवा सुविधाका बारेमा निःशुल्क रुपमा जानकारी पाउन र आफ्ना समस्या तथा गुनासोहरु सहज तरिकले सम्बोधन गर्नका निम्ति टोल फ्रि नम्बर संचालनमा ल्याएको हो ।

गुनासो सुनुवाई गरी त्यसको व्यवस्थापनका लाागी गाउँपालिकालाई थप प्रविधियुक्त र नागरिक सेवामैत्री बनाउने उद्देश्यले असोज १३ गते बिहिबार देखि पालिकाकोले आफ्नै टोल फ्रि (फोन गर्दा पैसा नलाग्ने) टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको हो । नागरिकले अब १६६०७९५२३३३ टोल फ्रि (फोन गर्दा पैसा नलाग्ने) टेलिफोन नम्बरमा सम्पर्क गरी आफ्ना सल्लाह सुझाव तथा गुनासाहरु गाउँपालिका समक्ष्य राख्न सक्ने छन ।

केही महिना पहिले गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्दा नागरिकले टोल फ्रि नम्बर राख्न गाउँपालिकालाई सुझाव दिएका थिए । सोही अनुरुप टोल फ्रि नम्बर संचालनमा ल्याएको अध्यक्ष युवराज केसीले बताए । उनले नागििरकले गाउँपालिका संग निर्धक्क तरिकाले गुनासो राख्न पाउने उल्लेख गरे ।

साथै यसले गाउँपालिका नागरिकको नजिक भएको पनि जिकिर गरेका छन । प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसालले हस्ताक्षर गरेको एक सूचना जारी गदै गाउँपालिकाले सबैलाई जानकारी गराएको छ ।

पालिकाको सेवा प्रवाह लगायतका अन्य विष्नयमा गुनासो, सुझाव तथा सल्लाह एवम् पृष्ठपोषण प्रदान गर्नका लागि सबैमा आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय