गरिबहरुको साहारा बन्दै समाजसेवी थापा

गुल्मी । दशै पर्व नजिक आए संगै गाउँघर तिर विपन्न परिवारलाई दशैँ मनाउन मुस्किल परेको छ । विहान काम गरेर वेलुका छाक टार्नेे मुसिकोट नगरपालिका ३ गोडा की सुन्तली सुनारलाई दशैँ कसरी मान्ने होला भन्ने विषयले चिन्ता मानिरहेको समयमा समाजसेवी लिल बहादुर थापाले दशैँ मनाउनको लागि खाद्यान्न सहयोग गर्नुभएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका ३ गोडा की सुन्तली सुनारको घरमा एक छोरा र एक छोरी गरी ३ जनाको सामान्य परिवार छ । सुन्तलीको श्रीमानको रोजगारको शिलसिलामा भारत गएको वेला उपचारको क्रममा मृत्यृ भएपछि उनको साहरा अहिले घरमा कोही छैनन् । एउटा छोरा बल्ल १२ वर्षका भएका छन् , भने छोरी झन्डै ६ वर्षदेखी विस्तारमा उपचार नपाएर छट्पटाई रहेकी छिन् ।

उनकी छोरी शोभा सुनारको खुट्टा र डाँड नचलेको लामो समय भयो । तर गरिब भएकै कारण समयमा उपचार नपाउँदा अहिले उनकी छोरी शोभा बिस्तारमा उपचारको लागि अपिल गरेकी छिन् । केही समय अगाडी शोभा सुनारको उपचार गर्ने पत्रकार सूर्य सुनारले जि.टि.भि नेपालका प्रबन्धक दिपक नेपालीलाई भनेपछि देश तथा विदेश बाट सहयोग आयो ।

त्यस पछि उनको उपचारको लागि विशेष गरी समाजसेवी लिल बहादुर थापाले आर्थिक सहयोग गरे । समाजसेवी थापाले उनको स्वास्थ्यलाई मध्यनजर गर्दै आर्थिक सहयोग गरे पछि केही भएपनि स्वास्थ्यमा सुधार आएको छ । समाजसेवी लिल बहादुर थापाको सहयोगले अहिले शोभाको स्वास्थ्यमा फरक परे संगै खुशी भएको शोभाले बताउछिन् ।

दशैँ पर्व मनाउनको लागि पनि समस्या भएको समयमा समाजसेवी लिल बहादुर थापाले सुन्तली सुनारको घरमै पुगेर खाद्यान्न सहयोग गरेका छन् । समाजसेवी थापाले दशैँ मनाउनको लागि ४ बोरा चामल, नुन, १ प्याक खाने तेल, मसाला, चिनी, १ प्याक चाउचाउ, दाल, लगायतका सामग्री सहयोग गरेका हुन् ।

समाजसेवी थापाले सुन्तलीको घरमा सहयोग गरे संगै दशैँ मनाउन उनलाई धेरै राहत मिलेको सुनारले बताइन् । दशैँ मनाउन मेरो घरमा भगवन जस्तै गरेर आएको हुँदा आफू खुशी भएको बताएकी छिन् ।

हिन्दुहरुको महान् चाड बडादशैंको चहलपहल गाउँघर देखी सहर बजारमा बढ्को छ । हुनेखाने परिवारले त, दशैँ पर्वलाई खानाका परिकारहरु के के बनाउने भनी योजना बनाइरहेका छन् । तर हुँदा खाने परिवारको लागि दशैँ पर्व दशा बनिरहेको छ । पछिल्लो समय नेपाली समाजमा चाडपर्व मनाउँदा केही भड्किलो भएपछि विपन्न परिवारको लागि समस्या परेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय