सामुदायिक रेडियो पुष्पाञ्जलीद्वरा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मुसिकोट गुल्मी । सामुदायीक रेडियो पुष्पाञ्जली ९७.४ मेगाहर्जको आयोजनामा बिजया दशमी तथा शुभदीपावली एबम नेपाल संवत ११४२ को पावन अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

बिहिबार रेडियो सञ्चालक समितिका उपध्यक्ष बिबेक काफ्लेको अध्यक्षतामा सम्पन्न शुभकामना आर्दान प्रदान कार्यक्रममा मुसिकोट नगरपालिकाका नगर प्रमुख जिबलाल खरेल जिवनको प्रमुख आतिथ्यता रहेको थियो ।  उक्त कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिनोद कुवँर, समाजसेबि लिल बहादुर थापा, जिल्ला समन्वय समिति सदस्य साबित्रा भण्डारी, मुसिकोट नगरपालिका वडा न.१ का वडा अध्यक्ष मोहन घिमिरे, वडा न.२ का वडा अध्यक्ष रबिन्द्र कसी, वडा न .७ का वडा अध्यक्ष हरिहर सापकोटा,रेडियो सञ्चालाक समिति, सेयर सदस्य, सल्लाहार, लेखा समिति, जग्गादाता लगायतको बिषेश उपस्थिति रहेको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख अथिति नगर प्रमुख खरेलले  नगरपालिकामा सामुदायिक रेडियो पुष्पाञ्जली सञ्चार क्षेत्रको एक बलियो आधार रहेको र नगरपालिकाबाट रेडियोलाई अगाडी बढाउनका निम्ती सक्दो सहयोग गर्दै नगरपालिका सधै रेडियो सङ्ग सहकार्य गरी अगाडी बढ्ने कुरा राख्दै बिजया दशमी तथा शुभदिपावली शुभकामना ब्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि नगरपालिकाका प्रसासकिय अधिकृत बिनोद कुवँरले सबैमा बिजया दसमी तथा शुभदिपवलीको शुभकामना ब्यक्त गर्दै नगरपालिका सधै रेडियो सङ्ग हातेमालो गरी अगाडी वढ्ने कुरा ब्यक्त गर्नुभयो ।

त्यस्तै समाजसेवी लिल बहादुर थापाले बिजया दसमीको शभकामना ब्यक्त गर्दै रेडियोको आबस्यकतालाई मध्य नजर गरि रेडियोका लगि आबस्यक ब्यट्रि ब्याकप उपलब्ध गराउने घोषणा गर्नुभयो ।

मुसिकोट नगरपालिकाका निबर्तमान प्रशासकिय अधिकृत खिमानन्द भुसाल, प्रत्रकार रिसि धमला वडा न १ का वडा अध्यक्ष मोहन घिमिरे, वडा न. ७ का वडा अध्यक्ष हरिहर, सापकोटा, साल्लाहार समिति सदस्य हरिनरायण सापकोटा,अगनिधर लोहनी लगायतले शुभकामाना मन्तब्य राख्नु भएको थियो ।

सञ्चालक समितिका सचिव सुन्दर प्रधानको स्वगत मन्तब्य सङ्गै सुरु भएको उक्त कार्यक्रमको सञ्चालन समितिका सह-सचिव कौरब खत्रिले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय