समाजसेवी थापालाई गुल्मीमा भव्य स्वागत ; आजै १ परिवारलाई सहयोग

मुसिकोट । समाजसेवी लिल बहादुर थापा गुल्मी आउनुभएको छ । केही समय अगाडी नेपाल आउनुभएका उहाँ गुल्मी जिल्ला र यस क्षेत्रमा यसअगाडी आफुले सहयोग गर्नुभएका व्यक्तिहरुलाई भेट्न गुल्मी आउनुभएको हो ।

बिहिवार थापालाई गुल्मीको मुसिकोटमा भव्य स्वागत गरिएको छ । मुसिकोट २ मा रहेको प्रगतिशिल आमा समुहले थापाको स्वागतमा नाचगान सहित फुल माला र दोसल्ला र सम्मान पत्र तथा भजनकृतन सहित सम्मान गरेको हो । त्यस्तै रेडियो पुष्पाञ्जलीले पनि समाजसेवी थापाले पुर्याएको योगदानको कदर कर्दै गुल्मीमा औपचारिक स्वागत गरेको छ ।

समाजसेवी थापाले आज नै गुल्मीका मुसिकोट नगरपालिकाका एक परिवारलाई दश्ैँका लागि खाद्यान्न तथा नगद सहयोग गर्नुभएको छ । मुसिकोट नगरपालिका वडा नं ३ का उमी कुमाल लामाको परिवारलाई सहयोग गर्नुभएको हो ।

यसभन्दा अगाडी उहाँका छोरा आर्थिक अभावका कारण उपचार नपाएर विस्तारामै थलिएका थिए । उहाँको उपचारका लािग समेत समाजसेवी थापाले नगद १ लाख रुपैयाँ सहयोग गर्नुभएको थियो ।

उहाँकै परिवारमा साढे १५ हजार बराबरको खाद्यान्न तथा ५ हजार नगद हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम ग्रहण गर्दै रानाले आफुलाई दशैँ कसरी मनाउने भन्ने चिन्ताले सताएको बेला सहयोग गरेको भन्दै सहयोगी थापा प्रति धन्यवाद व्यक्त गर्नुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा उक्त परिवारको अवस्थाको बारेमा भिडियो सामाग्री प्रशारण गरेर वास्तविकता बाहिर ल्याउने जिटिभि नेपालका सञ्चालक दिपक नेपाली, पत्रकार कौरव खत्री,प्रकाश घिमिरे,सागर भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय