राणा र लोहनीबिच समानुपातिक विवाद

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले पूर्वअध्यक्षद्वय पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीमध्ये समानुपातिक निर्वाचन पद्धतिको बन्दसूचीमा पहिलो नम्बरमा को बस्ने भन्ने विवाद मतदानबाट टुंग्याएको छ ।

दुबैले खसखार्य पुरुषतर्फ पहिलो नम्बरमा बस्न चाहेका थिए । पटक पटक छलफल गर्दा पनि दुई नेताले आफ्नो नाम पहिलो नम्बरमा हुनुपर्ने अडान राखेपछि सोमबार कार्यसम्पादन समितिको बैठकमा गोग्य मतदान नै भएको छ ।

एक पदाधिकारीका अनुसार सोमबार विवाद टुंग्याउने विभिन्न विकल्पमा छलफल भएको थियो । कार्यसम्पादन समितिका बहुसंख्यक सदस्यले गोप्य मतदानबाट पहिलो नम्बरमा को बस्ने भन्ने निर्णय गर्ने प्रस्ताव राखेपछि अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वअध्यक्षद्वय राणा र लोहनीसँग छलफल गरेका थिए ।

दुबैले परिणाम स्वीकार गर्ने बताएपछि मतदान गरिएको ती पदाधिकारीले बताए । ३१ सदस्यीय कार्यसम्पादन समितिको सोमबारको बैठकमा २४ जना मात्र उपस्थित थिए । राणा र लोहनी मतदानअघि नै बैठकबाट बाहिरिए भने अध्यक्ष लिङ्देनले मतदानमा भाग लिएनन् । बराबर मत आए मात्र मतदान गर्ने उनले बताएका थिए ।

मतदानको नतिजामा राणाले बाजी मारेका छन् । उनले ११ मत पाउँदा डा. लोहनीको ९ मत मात्र पाए । अब राप्रपाको समानुपातिकको बन्दसूचीमा खसआर्य पुरुषको पहिलो नम्बरमा राणाको नाम हुने एक पदाधिकारीले जानकारी दिए । – अनलाईनखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय