काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको आइपीओ मंगलबार (असोज ११ गते) बिहान ९ बजे बाँडफाँड हुने भएको छ ।
बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटका अनुसार मंगलबार बिहान ९ बजे आफ्नै कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा तयारी गरिएको छ । यसको प्री–अलमेन्ट असोज ७ गते सम्पन्न भइसकेको छ । कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो ।

यसमध्ये ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणका लागि छुट्याएको छ ।
कम्पनीको आईपीओमा १५ लाख ३८ हजार ३८३ जनाले कुल १ करोड ७२ लाख ४४ हजार ३८० कित्ताको लागि आवेदन दिएका छन् । यो आवेदन मागभन्दा १६.२९ गुणा बढी हो ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट वितरण हुनेछ ।