नेपाली काङ्ग्रेसले गुल्मीमा सरकार विरुद्ध प्रदर्शन ।
प्रकाश घिमिरे गुल्मी/नब खबर
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुल्मीमा सरकार विरुद्ध प्रदर्शन गरेको छ । वरिष्ट नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहार, सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार लगायत कदमविरुद्ध अन्य जिल्लामा जस्तै गुल्मीमा पनि प्रदर्शन गरेको हो । गुल्मीको तम्घास वजारमा विरोध प्रर्दशन ¥याली पछि जिल्ला प्रशासन कार्यलय अगाडि सहिद चाेकमा कार्यक्रम सञ्चालन भएको हो ।
आयोजित कार्यक्रममा वोल्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य जीवन परियारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारको आन्तरिक किचलो र असफल नेतृत्वका कारण आन्दोलन गर्न वाध्य वनाएको वताए । परियारले कोरोना नियन्त्रमा सरकार असफल भएको भन्दै नेकपा नेतृत्वको सरमार भ्रष्टचारमा डुवेको आरोप लगाए । परियारले अहिलेका पुलिस  र विभिन्न कर्मचारी पार्टीको इसारामा भन्दा पनि नीति नियम अनुरुप चल्न आग्रह गरेका छन् ।
सरकारको गैह् जिम्मेवारीको कारण देशमा बढ्दो भ्रष्टाचार, हत्या, हिंसा एवं दमनका घटना बढेको परियारले वताए । ठुलो संख्यामा उपस्थिती कार्यकर्ता र्यालीसहित नेकपा सरकार विरुद्ध प्रदर्शन गरेका थिए । आज सरकारलाई केन्द्रीय विवाद र आन्तरिक किचलो त्यागेर संकटमा रहेको अवस्थामा देश र जनताको हितमा काम गर्न दबाद दिन देशव्यापी प्रदर्शन गरेको काग्रेसले जनाएको छ ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार सरकारको विरोधमा कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गरेको हो । सभामा सम्वोधन गर्न धेरै नेताहरूले सरकार असफल मात्र नभई भ्रष्टाचारिकाे संरक्षण,अनियमितता अत्यचार ,भ्रष्टाचार जस्ता क्षेत्रमा चर्लमा डुवेकाे बताएको छ । कार्यक्रम नेपाली काङ्ग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठको अध्यक्ष र सचिव खिलध्वज पन्थीकाे सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय