काठमाडौं । सर्वसाधारणको लागि प्राथमिक शेयर निष्कासन गरेको अभियान लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भए सँगै आज पहिलो कारोबार हुँदै छ । शुक्रबार अभियान लघुवित्तको आइपीओ शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो ।
अभियानको चुक्ता पुँजीका आधारमा कायम २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । अब अभियानको शेयर आजदेखि दोस्रो बजार कारोबारका लागि खुला हुनेछ । नेप्सेले पहिलो कारोबारका ओपनिङ रेन्ज पनि तोकेको छ ।

जसअनुसार प्रतिकित्ता १०५ रुपैयाँ ३६ पैसादेखि ३१६ रुपैयाँ ८ पैसाभित्र रहेर अभियानको सेयर कारोबार खुला हुनेछ । ‘एभीवाइएएन’ संकेतबाट अभियानको कारोबार हुने नेप्सेले जानकारी गराएको छ ।
यो पनि पढ्नुहोस् – काठमाडौंं – अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गते, बुधबारबाट साउन २२ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सुचिकृत भएको छ ।
लघुवित्तको २५ लाख कित्ता सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको थियाे ।
कुल कित्ताको ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ९ लाख १३ हजार ७५० कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।
लघुवित्तको शेयरलाई नेप्से एभिवाइएन (AVYAN) कारोबार संकेत प्रदान गरेको छ । लघुवित्तको आईतबार देखि दोस्रो बजार कारोबार सुरु हुने छ । नेप्सेले लघुवित्तको कारोबारलाई १०५.३६ देखि ३१६.०८ रुपैयाँसम्म ओपनिङरेन्ज प्रदान गरेको छ यसैका आधारमा कारोबार खुल्ने छ ।