नौमती सांस्कृतिक महोत्सवको तैयारी सुरु: विभिन्न उपसमिति गठन

नेपाली मौलिक बाजाको संरक्षण र प्रवद्र्धन गर्ने उद्धेश्य सहित गुल्मीको मुसिकोटमा आयोजना हुन लागेको नौमती सांस्कृतिक महोत्सवको तैयारी सुरु भएको छ । नेपाली नौमती बाजाको प्रतियोगीता सगैं अन्य विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गर्न विभिन्न तैयारी समितिहरु गठन गरिएको छ ।

वामी स्थायी घर भई विश्वभर छरिएर रहेका वामेलीहरुको साझा संस्था वामी विश्व सम्पर्क मञ्च अन्तर्गतको सांस्कृतिक समितिले यही असौज २५ र २६ गते वामीटक्सार बजारमा महोत्सवको आयोजना गर्दैछ । महोत्सवको तैयारीका विषयमा होटल दरबारमा सम्पन्न बैठकले विभिन्न तैयारी उपसमितिहरु गठन गरेको छ ।

समितिका सयोंजक नारायण सापकोटालाई यस अगाडी नै सयोंजक तोकिएको थियो । उक्त मुल समारोह समितिलाई ३९ सदस्यीय बनाईएको छ । जसको उपसयोंजकमा नविन कक्षपति र सचिवमा मेग प्रसाद श्रेष्ठ रहनुभएको छ । त्यस्तै डिलाराम खरेलको सयोंजकत्वमा प्रचार प्रसार समिति, सुस्मा सापकोटा तिवारीको सयोंजकत्वमा पञ्चकन्या व्यवस्थापन तथा ब्याज वितरण, नविन कक्षपति सयोंजक रहेको मञ्च व्यवस्थापन, अनुप लाखेको सयोंजकत्वमा स्वयंसेवक परिचालन र मेग प्रसाद श्रेष्ठ सयोंजक रहेको कार्यालय व्यवस्थापन उपसमिति गठन गरिएको हो ।

प्रतियोगीतामा प्रथम हुनेले नगद रु ५५ हजार ५ सय ५५, द्धितिय हुनेले नगद रु ४४ हजार ४ सय ४४ र तृतीय हुनेले ३३ हजार ३ सय ३३ रुपैयाँ नगद पुरस्कार पाउने छन् । त्यस्तै सहभागी प्रत्येक समुहलाई ७ हजार ७ सय ७७ रुपैयाँ र उत्कृष्ट सनाही बादकलाई ५ हजार ५ सय ५५ रुपैयाँ प्रोत्साहन पुरस्कारको समेत व्यवस्था आयोजकले गरेको छ । भने सोही अवसरमा मुसिकोट नगरपालिका भित्र रहेका विभिन्न झाँकीहरु समेत प्रस्तुत हुने छन् । उक्त झाँकीमा सहभागी समुहलाई पनि प्रोत्साहन स्वरुप नगद रु ७ हजार ७ सय ७७ रुपैयाँ प्रदान गर्ने पनि शनिवारको बैठकले निर्णय गरेको छ ।

महोत्सवमा नेपालका चर्चित राष्ट्रिय कलाकार सहित स्थानीय कलाकार र अन्य विविध मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय