मुसिकोटका ४७ मध्ये ४१ जनप्रतिनिधि कारबाहीमा : ६ महिना भित्र जरिवाना नबुझाए पद जाने

गुल्मी। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित गुल्मीको मुसिकोट नगरपालिकाका ४७ जनप्रतिनिधि मध्ये ४१ जनप्रतिनिधि कारबाहीमा परेका छन् । निर्वाचन आगोगले शुक्रवार सार्वजनिक गरेको खर्च विवरण नबुझाउने उम्मेदवारको नामावली मध्ये मुसिकोट नगरपालिकामा निर्वाचित ४१ जना जनप्रतिनिधिले समयमै खर्च विवरण नबुझाएको पाईएको हो ।

निर्वाचन आयोग ऐनको दफा २६ को उपदफा १ अनुसार निर्वाचनको परिणाम सार्वजनिक भएको एक महिनाभित्र सम्बन्धित उम्मेदवार वा राजनैतिक दलले आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनु पर्छ ।

खर्च विवरण नबुझाउँने जनप्रतिनिधिहरु कारबाहीमा परेका हुन् । खर्च विवरण नबुझाउनेको नाम सार्वजनिक गर्दै शुक्रवार निर्वाचन आयोगले जरिबाना पनि तोकेको छ । आयोगले सार्वजनिक गरेको नामावलीमा मुसिकोट नगरपालिकाका अधिकाशं पराजित उम्मेदवारले पनि निर्वाचन खर्च विवरण आयोगमा बुझाएका छैनन् ।

को को परे कारबाहीमा ?

निर्वाचित उम्मेदवार मध्य मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल (जीवन) र उपप्रमुख गंगा श्रेष्ठ सहित नगरपालिकाका ९ वटै वडाका वडाध्यक्षहरु कारबाहीमा परेका छन् । मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे सहित महिला सदस्य प्रतिमा केसी,दलित महिला सदस्य कुशुम परियार, वडा सदस्य दान बहादुर केसी र विष्णुध्वज कारबाहीमा परेका छन् ।

त्यस्तै वडा नं २ को वडाध्यक्ष पदमा निर्वाचित रविन्द्र केसी सहित वडा सदस्य देब बहादुर रायमाझी र राम बहादुर महत पनि कारबाहीमा परेका छन् । वडा नं ३ का वडाध्यक्ष शकंर रायमाझी,सदस्यहरु थम्मन बहादुर क्षेत्री,केशव सूर्यवशीं,वडा नं ४ का वडाध्यक्ष जुक्त छन्त्याल,सदस्यहरु लोक बहादुर कार्की,तुल बहादुर छन्त्याल,दलित महिला सदस्य तारा सुनार,महिला सदस्य माया कार्की रहेका छन् ।

वडा नं ५ का वडाध्यक्ष ऋषिश्वर अर्याल,सदस्यहरु राम प्रसाद अर्याल,पाराश्वर खराल,दलित महिला सदस्य पान कुमारी कामी,महिला सदस्य यमकला खराल,वडानं ६ का वडाध्यक्ष खड्क बहादुर खड्का,वडासदस्यहरु हिरा बहादुर बिक,मान बहादुर पच्या मगर,महिला सदस्य धनकला गुरुङ र दलित मलिा सदस्य जमुना भताल,वडा नं ७ का वडाध्यक्ष हरिहर सापकोटा,वडा सदस्यहरु लक्ष्मण प्रसाद खराल,टेक बहादुर कुमाल,महिला सदस्य अमृता श्रेष्ठ,दलित महिला सदस्य दिपा दमाई कारबाहीमा परेका छन् ।

त्यस्तै वडा नं ८ का वडाध्यक्ष रमेश विश्वकर्मा सहित वडासदस्यहरु चन्द्र बहादुर घर्ती मगर,सावित्रा विक,सम्झाना कुँवर र दलित महिला सदस्य साविबा बिक तथा वडा नं ९ का वडाध्यक्ष भुमा गुरुङ सहित वडासदस्यहरु तारा प्रसाद कडेंल र बोम बहादुर खत्री पनि कारबाहीमा परेका छन् ।

कति तिर्नुपर्छ जरिवाना ?

निर्वाचन आयोगले निर्वाचन खर्च नबुझाउने उम्मेदवार मध्ये नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारका लागि ४ लाख ५० हजार, नगरपालिका अन्तर्गतका वडाअध्यक्ष, सदस्य,दलित महिला सदस्य र महिला सदस्यका लागि २ लाख जरिवाना तोकेको छ ।

त्यस्तै निर्वाचन खर्च नबुझाएका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारले ३ लाख ५० हजार र गाउँपालिकाका वडाध्यक्ष, वडासदस्य, महिला सदस्य र दलित महिला सदस्यले नगद रु १ लाख ५० हजार रुपैयाँ जरिवाना बुझाउनु पर्नेछ । आयोगले गरेको निणर्यअनुसार जरिबाना नतिरे विजयी बनेका जनप्रतिनिधिको पद ६ महिनाभित्र स्वतः खारेज हुनेछ ।

हेर्नुहोस् कारबाहीमा परेका सबै उम्मेदवारको नामावली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय