एनआरएनए जापान कान्साई क्षेत्रीय समितिको जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

मुसिकोट । गैरआवासीय नेपाली सघं एनआरएनए जापान अन्तर्गतको कान्साई क्षेत्रीय समितिले जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

सघंको कान्साई क्षेत्रीय समितिको निणर्य बमोजिम मुसिकोट नगरपालिका वडा नं ७ स्थित महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका २ जना विद्यार्थीलाई जेहेन्दार छात्रवृत्ति प्रदान गरिएको हो ।

सघंले सरस्वती पुजाको अवसरमा ग्रामीण क्षेत्रमा आर्थिक अभावका कारण अध्ययनमा कठिनाई भईरहेका जेहेन्दार विद्यार्थीहरु मध्ये नेपालभरबाट ४३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने निणर्य गरेको थियो । जापान स्थित व्यवसायी,कान्साई क्षेत्रीय समितिका सदस्य एवम् महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका पूर्व विद्यार्थी सुरज जिसीले उक्त छात्रवृत्ति एक कार्यक्रमकाबीच हस्तान्तरण गर्नुभएको हो ।

विद्यालयका पूर्व विद्यार्थी विवेक काफ्लेको समन्यवमा कक्षा ४ मा पढ्ने अकिंता राना,कक्षा ९ मा पढ्ने हुकुम कुमाललाई छात्रवृत्ति बापतको रकम नगद रु १० हजार हस्तान्तरण गरिएको हो । छात्रवृत्ति हस्तान्तरण गर्दै जिसीले देशभरका विद्यालय मध्ये आफुले अध्ययन गरेको विद्यालयका विद्यार्थीलाई संस्थागत छात्रवृत्ति वितरण गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

सो असरमा उहाँले कक्षा ३ मा अध्ययनरत मनिष खत्रीलाई व्यक्तिगत ५ हजार रुपैयाँ समेत सहयोग गर्नुभएको छ भने १२ मा पढ्ने रामप्यारी रानालाई अघिल्लो वर्ष १० हजार सहयोग गरेको र यस वर्षपनि उक्त छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभएको थियो । कार्यक्रममा छात्रवृत्तिका लागि समन्वय गर्ने पूर्वविद्यार्थी विवेक काफ्लेले समाज परिवर्तनको मुख्य हतियार शिक्षा भएकाले जेहेन्दार भएर पठनपाठन गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

सो अवसरमा विद्यालयका पूर्व शिक्षक स्व.बुद्धिप्रसाद शर्माको स्मृतिमा उहाँकी धर्मपत्नीले प्राविधिक धार पढ्ने विद्यार्थी सृष्टी थापालाई नगद १० हजार रुपैयाँ छात्रवृत्ति समेत प्रदान गर्नुभएको छ । विगत केही वर्ष अगाडी बागलुङको तुरतुरे पहिरोमा परी अभिभावक गुमाएकी उहाँलाई छात्रवृत्ति प्रदान गर्नुभएको हो ।

छात्रवृत्ति वितरण कार्यक्रममा बिद्यालयका शिक्षक,विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय