सविंधान कार्यान्वयको पक्ष फितलो रहेको प्रति चिन्ता व्यक्त

गुल्मी । सविंधान दिवसको अवसर पारेर मुसिकोट नगरपालिकाले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

रुद्राबती बहुमुखी क्याम्पसमा सम्पन्न कार्यक्रममा नगरपालिकामा रहेका विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रनिधिति,बैकं तथा वित्तिय संस्थाका प्रतिनिधि,जनप्रतिनिधि,कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालको सविंधान २०७२ विश्वकै सवोत्कृष्ट भनिएपनि त्यसको कार्यान्वयनको पक्ष भने फितलो रहेको गुनासो गरेका थिए ।

स्वागत मन्तव्य व्यक्त गर्दै नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत बिनोद कुँवरले ३१ वटा मौलिक हकलाई व्याख्या गरेको सविंधानको व्यवहारत कार्यान्वयनमा विभिन्न कारणले कठिनाई भईरहेको बताए । उनले सबै क्षेत्र,वर्ग,समुदाय,जातजाति र धर्म संस्कृतिलाई समेटेको सविंधानमा भएका विशेषताहरुलाई कार्यान्वयन गर्न मुसिकोट नगरपालिका एक स्थानीय सरकारको रुपमा सदैव प्रतिबद्ध रहेको समेत स्पष्ट पारे ।

कार्यक्रममा रुद्रावती बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष एवम् समाजसेवी अग्नीधर लोहोनीले सविंधानको मर्म र भावना कुल्चिने र आफु अनुकुल बनाउने परिपाटी हाबी बन्दै गएको भन्दै दुःख व्यक्त गरे । नेकपा माओवादी केन्द्रका नगर सचिव चन्द्र रसाईलीले २०६२/६३ को जनआन्दोलन पछिको प्रमुख महत्वपूर्ण उपलब्धीको रुपमा सविंधान निर्माण भएको भन्दै स्थानीय सरकारले मौलिक हक प्रत्याभूत हुने गरी काम गर्नुपर्ने सुझाव दिए ।

नेपाली काँग्रेसका पूर्व जिल्ला सचिव हरि नारायण सापकोटाले सुशील कोईरालाको सक्षम नेतृत्वले नेपालको सविंधान २०७२ जारी भएको भन्दै सविंधान विभिन्न पार्टीहरुको सयुंक्त दस्तावेज रहेको बताए । उनले सविंधानमा केही कुराहरु अस्पष्ट हुँदा पछिल्लो समय प्रधानन्याधिस प्रकरणमा अन्यौल देखिएको स्पष्ट पारे । स्थानीय सरकार जनताको मौलिक हकको रुपमा रहेका खानेपानी,स्वास्थ्य लगायतको क्षेत्रको प्रत्याभूत गर्न गम्भीर बन्नुपर्ने सुझाव दिँदै सविंधानले परिकल्पना गरे बमोजिम अहिले सिहं दरबारको अधिकार गाउँमै आएको र जनताले नजिकको सरकारको रुपमा स्थानीय सरकारको प्रयोग गर्न पाएको बताए ।

त्यस्तै नेकपा एमाले नगरकमिटी अध्यक्ष प्रकाश काफ्लेले कुनै बेला चलनचल्तीका भरमा न्याय सम्पादन हुने स्थितिलाई चिर्दै अहिलेको आधुनिक युगमा जारी भएका ६ वटा सविंधान मध्ये २०७२ को ७ औँ सविंधानले नेपालको मौलिक हकलाई उल्लेख्य मात्रामा सम्बोधन गरेको बताए । उनले ४६ वटा मौलिक अधिकारलाई समेटेको नेपालको सविंधान विश्वकै उत्कृष्ट भनिएपनि व्यवहारमा लागु गर्दै जाँदा केही त्रुटी देखिएको बताए ।

स्थानीय सरकारलाई सविंधानले प्रसस्तै अधिकार दिएपनि कानुन, व्यवहार र सोँचको अभावमा पूणर् रुपमा कार्यान्वयन हुन नसकेको धारणा व्यक्त गरे । काफ्लेले सविंधानले निर्दिष्ट गरेका नागरिकको अधिकारलाई नजिकबाट प्रत्याभूत गराउने स्थानीय सरकार रहेको भन्दै त्यसलाई ध्यान दिएर राजनीति र प्रशासन सगंसगैं अगाडी जानुपर्ने बताए ।

कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष हरिहर सापकोटा र वडा नं ८ का वडाध्यक्ष रमेश विश्वकर्माले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका लगायतका अन्य सवैधानिक अगंहरुले आफु अनुकुल सविंधानको व्याख्या गर्ने गरेकाले अन्यौलता सिर्जना भएको बताए ।

कार्यक्रममा नगरउपप्रमुख गगां श्रेष्ठले पछिल्लो समय महिलाहरु पनि नेतृत्व तहमा अगाडी आएको बताईन् । त्यस्तै नगरप्रमुख जीवन खरेलले सविंधानको अक्षरसः पालना हुन सकेमा नागरिक र देशको समृद्धि सम्भव भएको बताए । ३ तहको सरकार सार्वभौम सत्ता प्रयोग गर्न पाउने नागरिकको अधिकारलाई संस्थागत गर्न लाग्नुपर्ने भन्दै मुसिकोट नगरपालिका मौलिक अधिकार र नागरिकलाई साधन सम्पन्न बनाउन,शिक्षा स्वास्थ्य,रोजगार,पूर्वाधार,पर्यटन लगायतको सम्भाव्यताको आधारमा ईमानका साथ काम गर्न प्रतिबद्ध रहेको बताए ।

उनले जनप्रतिनिधि र कर्मचारीलाई लोकतान्त्रिक गणतन्त्र नेपालको सविंधान २०७२ का कारण जनताको सेवा गर्न पाएकोमा खुसी व्यक्त गर्नुपर्ने र सदैव जिम्मेवार बन्न आग्रह गरे । कार्यक्रमको सञ्चालन मुसिकोट नगरपालिका योजना शाखा प्रमुख विष्णु प्रसाद खरेलले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय