गाऊॅंकै ३ युवाहरू मिलि आमाबावुको मृत्युपछि बिचल्लीमा परेका मुसिकोटका बालकको घर मर्मत

गुल्मी । आमाबावु दुवैको मृत्युपछि अबिभावकबिहिन भएका मुसिकोट नगरपालिका वडा नं ५ धुमिका दुई बालकका घरमा गाऊॅंकै तिन जना युवाहरु मिलेर घर मर्मत गरिदिएका छन् ।

मुसिकोट नगरपालिका वडा नं ५ मा जन्मेर रोजगारको सिलसिलामा जापानमा कार्यरत महेन्द्र कुमार अधिकारिबाट पैतिस हजार , मुसिकोट नगरपालिका वडा नं ५ आपॅंचौर हाल क्यानडा निवासी भुवन खरेलबाट पन्ध्र हजार र मुसिकोट नगरपालिका ५ धुमी हाल फिनल्यान्डमा कार्यरत बाबुराम अर्यालबाट पॅाच हजार गरि कुल ५५ हजार जम्मा गरि उक्त घरको पालि निर्माण गरिदिएका हुन् ।

बर्खाको समयमा पानी अत्याधिक पर्ने र सबै पानि घरभित्र पसेर बच्चाहरूलाई दुख दिएका कारण उक्त पालि निर्माण गर्न बिदेशमा रहेका आपॅंचौर युवाहरू सङ्ग आफुले पहल गरेको सोहि गाउँका समाजसेवि युवा सुरज भट्टराईले जानकारि दिनुभयो ।

गतबर्ष माईतजाने क्रममा दुई बच्चाहरूकि आमा पार्वति सुनारको ईन्द्रेगौडा नजिक मुसिकोट नगरपालिका वडा नं ४ मा ट्रायक्टर दुर्घटनामा परि मृत्यु भएको र श्रिमतीको मृत्युकै कारण श्रिमानले मानषिक सन्तुलन गुमाए र श्रिमतीको मृत्यु भएको २ महिनामै गोपाल सुनारले आफ्नो घरमै आ,त्मह*त्या गरेको स्थानियहरुले बताए । अहिले दुई बच्चाहरूको पालनपोषण आफ्नि ६६ बर्षिय हजुरआमाले गर्दै आईरहेकि छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय